बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

शिक्षकको पी डा बुझ

बुधवार , आषाढ ३१, २०७७

सिन्धुलीको केहि निजी विद्यालयले विद्यार्थीबाट शुल्क नउठेको भन्दै शिक्षकलाई तलब नदिएको गुनासो शिक्षकहरुले गरेका छन् । कमलामाई नगरपालिकाका केहि निजी विद्यालयले शिक्षकलाई तलब दिएको समाचार आइरहदा केहिले भने एक महिनाको तलबपनि दिएका छैनन् । कमलामाई नगरपालिकामा मात्र नभएर अरु स्थानिय तहमा पनि केहि नाम चलेका निजी विद्यालयले शिक्षकलाई तलब दिएका छैनन् । लकडाउनको समयमा पनि शिक्षकलाई विद्यालयमा बोलाएर विभिन्न कार्यमा संलग्न गराएको तर एक पैसा पनि नदिएको भन्ने गुनासो आइरहेको छ । विद्यालय संचालनमा नआएपछि आफूहरुलाई घरजोह गर्न पनि मुश्किल भएको शिक्षकहरुको पीडा छ ।

यता, निजी विद्यालयका संचालकले भने आफूहरु पनि आर्थिक संकटमा परेको भन्दै तलब नदिएको बताइरहेका छन् । निजी विद्यालयले अहिलेको अवस्थामा शिक्षकको पी डा बुझ्न जरुरी छ । निजी विद्यालयले झण्डै तीन महिनादेखि तलब नदिएर शिक्षकमाथि आर्थिक संकट निम्ताइरहेका छन् । तसर्थ, शिक्षकहरुको आर्थिक अवस्थालाई बुझेर निजी विद्यालयले तलबको व्यवस्था गर्न जरुरी छ । सहज परिस्थीतिमा भन्दा पनि असहज अवस्थामा कर्मचारीहरुको व्यवस्थापन गर्न निजी संस्थाले ध्यान दिनुपर्दछ । अतः निजी विद्यालयले शिक्षकहरुको पीडालाई बुझ्दै तलबको व्यवस्था गर्न जोड दिनुपर्छ ।

प्रतिक्रिया