बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा शैक्षिक गुणस्तरीयतामाथि प्रश्न

मंगलवार , आषाढ ३०, २०७७

सिन्धुलीको विभिन्न स्थानिय तहमा रहेको सामुदायिक एवं निजी विद्यालयको शैक्षिक गुणस्तरीयतामाथि गुनासो बढिरहेको छ । जिल्लामा रहेको सामुदायिक विद्यालयमा थुप्रै समस्याहरु देखिएको छ । बढ्दो राजनैतिक हस्तक्षेप र बाह्य दबाबका कारण सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन सकिरहेका छैनन् । केहि सामुदायिक विद्यालय बाहेक धेरैजसोको अवस्था बि ग्रदो छ । विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित भइरहेका छन् । त्यसैगरि, निजी शैक्षिक संस्थाले भने व्यवहारीक शिक्षालाई भन्दा पनि किताबि ज्ञानलाई बढि प्राथमिकता दिईरहेका छन् । सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयको प्रदर्शन राम्रो छ । तुलनात्मक रुपमा सामुदायिक विद्यालयका विद्यार्थी भन्दा निजी विद्यालयका विद्यार्थी तेजिलो भएपनि व्यवहारीक ज्ञान भने निकै कमजोर छ । सिन्धुलीका निजी विद्यालयमा कमजोर विद्यार्थीलाई शिक्षकबाटै अपहेलना भएको महशुश गर्न सकिन्छ । किनभने, निजी विद्यालयका कमजोर विद्यार्थीको शैक्षिक अवस्था निकै नै कमजोर छ ।

तसर्थ, जिल्लाका निजी तथा सरकारी विद्यालयले गुणस्तरीय शिक्षा दिन थप प्रभावकारी कदम चाल्न जरुरी छ । शिक्षा क्षेत्र भनेको सभ्य समाज निर्माणकालागि निकै नै महत्वपुर्ण क्षेत्र हो । त्यसैले, जिल्लाका शैक्षिक संस्थाले गुणस्तरीय र व्यवहारीक शिक्षाकालागि विशेष प्राथमिकता दिन जरुरी छ । हाम्रो समाजले खोजेजस्तो शिक्षा भन्दा पनि सभ्य समाज निर्माणकालागि चाहिएको शिक्षा प्रदान गर्न शैक्षिक संस्था अग्रसर हुनुपर्दछ । अतः जिल्लाका शैक्षिक संस्थाले आर्थिक दृष्टिकोण भन्दा माथि उठेर गुणस्तरीय शिक्षा दिनतर्फ बढि केन्द्रित हुनुपर्दछ र सभ्य समाज निर्माणको लागि आजको आवश्यकता पनि यहि नै हो ।

प्रतिक्रिया