सिन्धुली– सिन्धुलीको सुनकोशि गाउँपालिकाका ३५ वर्षिया कोरोना संक्र मितलाई भेन्टी लेटरमा राखेर उपचार शुरु गरिएको छ । सिन्धुली अस्पतालबाट धुलिखेल अस्पताल रिफर गरिएको पुरुषलाई हाल धुलिखेलमा भेन्टि लेटरमा राखेर उपचार गरिदैँ छ । सिन्धुली अस्पतालमा चेकजाँच गराएका उनलाई धुलिखेल अस्पतालमा कोरोना संक्र मण पुष्टि भएको छ । उनको भेन्टी लेटरमा राखेर उपचार भइरहेको छ ।
कोरोना संक्र मण देखिएका ज टिल अवस्थामा मात्रै भेन्टिलेटर आवस्यक हुने चिकित्सकहरुको भनाइ छ । सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले सिन्धुलीमा चेकजाँच गरेर धुलिखेल पठाएको बि रामीमा कोरोना संक्र मण पुष्टि भएको जानकारी आएको बताए ।
कोरोना संक्र मित पुरुष भारतबाट आएका हुन् । उनलाई बोक्ने एम्बुलेन्स चालकलाई क्वारेन्टाइनमा बस्नु भनिएको सिन्धुली अस्पतालले जनाएको छ ।
बिहिबार उनलाई सिन्धुली अस्पताल ल्याइएकोमा अस्पतालले शुक्रबार बिहान धुलिखेल पठाएको थियो । सिन्धुली अस्पतालका अध्यक्ष पोख्रेलका अनुसार, उनलाई सुरक्षित रूपमा अस्पतालमा राखेर चेकजाँच गरिएको थियो ।
त्यसैगरि, काठमाडौं उपत्यकामा सोमबार ९ जनामा कोरोना भाइ रसको संक्र मण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौंमा ३, ललितपुरमा ५ र भक्तपुरमा १ जना गरी ९ जना संक्र मित थपिएको जानकारी दिए ।
काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ४४ जनामा कोरोना भाइरसको संक्र मण पोजेटिभ देखिएको हो । योसँगै संक्र मितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ जना उपचारपछि निको भएर डि स्चार्ज भएका छन् । यो सहित डि स्चार्ज हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ।