शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

‘के माया लाग्छ र कि’ सुरबिना ह ट भन्दा सफ्टमा हिट (१५ तस्बिर सहित)

आइतवार , आषाढ २८, २०७७

अहिले युटुबदेखि टिकटकसम्म चर्चामा रहेको गित हो, ‘के माया लाग्छ र’ । यस गितको चर्चा अहिले जताततै छ । टिकटकमा त यो गीतले एकछत्र राजनै गरेको छ । यहि गीतको मोडल सुरबिना कार्कीको चर्चा अहिले चुलिएको छ । गायक निशान भट्टराई र एलिना चौहानको स्वरमा रहेको यो गीतको भिडियोमा सुरबिना गाउँले परिवेशमा देखिएकि छिन् ।

खासै गाउँले परिवेशमा नदेखिएकि सुरबिनालाई भने दर्शकले यहि रुपमा मन पराएका छन् । फिल्म, म्युजिक भिडियो र फोटोसुटमा निकै नै ह ट अवतारमा देखिने सुरबिनालाई ‘के माया लाग्छ र’ को पहिरन र भेषले चर्चामा ल्याएको छ । अभिनयमा निकै नै पोक्त देखिएकि सुरबिनाले मुम्बईबाट अभिनय सिकेकि हुन् । भिडियोमा गाउँले परिवेशमा सजिएकि सुरबिनाको उक्त म्युजिक भिडियोले सार्वजनिक भएको दुई सातामै बीस लाख युट्युब भ्युज पाइसकेको छ । म्यूजिक भिडियो हुँदै नायिकाको परिचय बनाएकी सुन्दरी सुरबिना झे ली , नाइके लगायतका फिल्महरुमा अभिनय गरिसकेकि छिन् । मनमा लागेको कुरा फ्याट्ट भन्ने यि सुन्दरीलाई दर्शकले प्राय हट अवतारमानै देखेका थिए । ह टको ट्याग लाग्दै गर्दा सुरबिनालाई भने सफ्ट अभिनयमा दर्शकले मनपराएका छन् । हालसम्म चलचित्रमा सोचेजसरी जम्न नसकेकि सुरबिना ‘के माया लाग्छ र’ को अभिनयबाट हिट भएकि छिन् ।

मुम्बई देखि नेपालसम्म

हाल सुरबिना नेपालमै छिन् । उनी लकडाउनका कारण नेपालमै छिन् । भारतमा हुँदा समाजिक संजालमा फोटो सार्वजनिक गर्दै आएकि सुरबिनाले केहि विज्ञापनमा समेत काम गरेकि थिइन् । यतिबोला उनी मुम्बईमा फोटोसुट वा जिममा व्यस्त हुन्थिन् । तर, लकडाउनका कारण उनी नेपालमै विगत ३ महिनादेखि बस्न बाध्य छिन् । सुरविना कार्कीलाई नेपाली चलचित्र क्षेत्र फापेको छैन । उनको अभिनयलाई दर्शकले चलचित्रमा पत्याएनन् । तर, त्यसपछि, अभिनयमै केही गर्ने सोचले मुम्बई हा निएकी यी सुन्दरीको तस्वीरले भने सामाजिक सञ्जाल तताइरहेका हुन्छन् । केही नेपाली चलचित्रमा अभिनय गरेकी नायिका सुरविना मुम्बइमा संघर्षरत थिइन् । अहिले, मुम्बई शहरको रमझममा उनले करिअरलाई शुन्यबाट अगाडि बढाउँदैछिन् । बलिउडमा प्रवेश गर्न त्यती सहज छैन । सुरविना सोही बलिउडको ढोका खोल्नका लागि काम गरिरहेकी छिन् । सुरविनाले मुम्बइमा रहेर एउटा विज्ञापनमा काम गरिसकेकी छिन् । साथमा, सोनी टेलिभिजनबाट प्रशारण भएको ‘दिल हि तो हे’मा समेत उनले काम गरिन् । साथै, उनी ‘जेली विन्स एजेन्सी’सँग आवद्ध भएर काम गरिरहेकी छिन् ।

सुरविनाले केही समय अगाडि मुम्बइमा पुगेर अनुपम खेरसँग ३ महिनाको अभिनय कोर्ष समेत लिएकी थिइन् । त्यसपछि नेपाल आएकी उनी फेरि मुम्बइ नै हा निएकी थिइन् । सुरविनाले उक्त समयमा भनेकि थिइन्, ‘बलिउडमा काम पाउन त्यती सहज छैन । तर, म संघर्ष गरिरहेकी छु । आशा छ, म सफल हुनेछु ।’ उनले नेपाली चलचित्रमा पनि आफूले काम गर्ने उल्लेख गरिन् ।

आफू मुम्बईमा हुँदा अडिसन, सिरियल र विज्ञापनमा नै व्यस्त रहेको उनले जानकारी दिएकी छिन् । सुरविनाले मुम्बइमा रहँदा नै निकै बो ल्ड फोटोसुट समेत गरेकी छिन् । उनको फोटो अल्फिनले खिचेका हुन् ।

नायिका कार्कीलाई मुम्बइको र मझमले छपक्कै छोएको छ । बलिउडमा काम गर्नका लागि मुम्बइमा संघर्षरत सुरविना दैनिकजसो कुनै न कुनै अडिसनमा जोडिएकी हुन्छिन् । सुरविना भन्छिन्,‘बलिउडमा पाइला राख्न त्यती सहज छैन । म संघर्ष गरिरहेकी छु । हेर्दै जाउ, केही उपलब्धी पक्कै हुनेछ ।’

मुम्बइको एक अपार्टमेन्टमा बस्दै आएकी कार्कीले चाडै नै नेपाली चलचित्रमा पनि काम गर्ने जानकारी दिइन् । उनी, अहिले दैनिकजसो फोटोसुटमा पनि व्यस्त हुन्छिन् । सुरविना भन्छिन्, ‘फोटोसुट म कहिले आफ्नै लागि गर्छु त कहिलेकाही फोटोग्राफरको आग्रहमा पनि गर्छु ।’ फोटोसुटबाट पनि राम्रै कमाई हुने सुरविनाले बताइन् ।

चम्केला त सुरबिनाको करिअर ?

नेपालमा फिल्म चल्न नसकेपछि अभिनय अध्ययनका लागि मुम्बई पुगेकि सुरबिना लकडाउनका कारण नेपालमा बस्न बाध्य छिन् । यसैबिच, उनी अभिनित नयाँ गितले अहिले निकै नै चर्चा पाएको छ । सुरबिनाको अभिनय मनपराउनेको पनि कुनै कमि छैन । अनुपम खेरबाट एक्टिङ कक्षा लिएकि सुरबिना मुम्बईबाट पहिलो पटक नेपाल फर्किदा जम्न सकिनन् । न त उनको म्युजिक भिडियो चल्यो न त कुनै फिल्म नै । चर्चामा आउन नसकेपछि भारत हा निएकि सुरबिना लकडाउनका कारण फेरि नेपाल फर्किएकि छिन् । यसपालि भने उनलाई नेपाल फापेको छ । उनी अभिनित म्युजिक भिडियो अहिलेको चर्चाको शिखरमा छ । यहि म्युजिक भिडियोमा उनको अभिनय मनपराउने धेरै छन् । सुरबिनाले यहि म्युजिक भिडियोको आधारमा राम्रा फिल्मको अवसर पाउने संभावना बढेको छ । मुम्बईमा सिकेको कलाले सुरबिनालाई नेपाली फिल्म क्षेत्रमा सफलता मिलोस्, शुभकामना ।

यस्तो छ दिनचर्या

सुरबिनाको म्युजिक भिडियोले सफता पाएसँगै उनी चलचित्र क्षेत्रमा कमब्याक गर्ने सोचमा छिन् । राम्रो स्क्रिप्ट पाएमा उनको कमव्याक उत्कृष्ठ हुने देखिन्छ । किनभने, उनले भारतबाट अभिनय सिकेकि छिन् । अहिले नेपाली चलचित्र क्षेत्रमा ‘थिएटर एक्टर’ हरुले राज गरिरहेको अवस्था छ । यहि आधारलाई मान्ने हो भने सुरबिनाले राम्रो फिल्म पाए उनको चलचित्र क्षेत्रको यात्रा सुखद नै हुने देखिन्छ । तर, विगतमा जस्तो ह ट अवतार वा का मुक दृश्यलाई मात्र उनले प्राथमिकता दिने हो भने उनको सुखद यात्रामा शंका उब्जन सक्छ । सुरबिनाले देश अनुसारको भेषलाई प्राथमिकतामा राखेर फिल्मको यात्रालाई निरन्तरता दिनुपर्ने दर्शकले आश राखेका छन् । हेरौँ, आगामी दिनमा सुरबिनाले कसरी अघि बढ्नेछिन् !

सम्बन्धित विषय:

प्रतिक्रिया