बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

क्वोरेन्टिनको अवस्था बुझ

आइतवार , आषाढ २८, २०७७

सिन्धुलीमा भारत लगायत अन्य देशबाट आएका र कोरोनाको लक्षण देखिएकाहरु क्वारेन्टिनमा बसिरहेका छन् । जिल्लाको स्थानिय तहमा क्वारेन्टिनको व्यवस्था गरिएको छ । तर, क्वारेन्टिनमा बसेका नागरिककालागि उचित सुविधा नभएको गुनासो आइरहेको छ । विदेशबाट नेपाल आएकाहरुलाई १५ दिनसम्म क्वारेन्टिनमा राखिने गरिएको छ । तर, उचित व्यवस्थापन नहुँदा क्वारेन्टिनमा बस्न मुश्किल भएको गुनासो आइरहेको छ । केहि स्थानिय तहका क्वारेन्टिनमा आवश्यक सामाग्री समेत छैन । सुत्नकालागि समेत खाट नभएको, भौतिक दुरी कायम नगरिएको लगायत क्वारेन्टिनमा रहेकाहरुको बेवास्था गरेको क्वारेन्टिनमा रहेकाहरुको परिवारले गुनासो गरेका छन् ।

तसर्थ, उनीहरुको उचित व्यवस्थापनमा स्थानिय तह लगायत सम्बन्धित निकयाले ध्यान दिन आवश्यक छ । क्वारेन्टिनमा न्युनतम सुविधा समेत नुहुन दुर्भाग्यपुर्ण कुरा हो । सिन्धुलीमा क्वारेन्टिनमा बस्नेको संख्या अत्याधिक छैन । विदेशबाट सिन्धुली भित्रनेको चाप पनि त्यति बढि छैन । यी सबै कुराहरुलाई मध्यनजर गर्दै स्थानिय तहले क्वारेन्टिन व्यवस्थापनमा विशेष जोड दिन आवश्यक छ । त्यसैगरि, क्वारेन्टिनको अवस्थाका बारेमा बुझ्न समेत स्थानिय तह लगायत सम्बन्धित निकायले समय निकाल्नुपर्ने आवश्यकता आएको छ । अतः क्वारेन्टिमा बस्ने जोकोहिलाई असुविधा नहोस् भनि सम्बन्धित निकायले आवश्यक कदम चाल्न जरुरी छ ।

प्रतिक्रिया