काठमाडौँ– पुर्वराजा ज्ञानेन्द्र विर विक्रम शाह देवको ७४ औँको जन्मदिनमा देशभरका राजतन्त्र समर्थकले खुशीका साथ जन्मदिन मनाएका छन् । विभिन्न कार्यक्रम गरि पुर्वराजाको जन्मदिन हर्षोल्लासका साथ मनाइएको छ । यसैबिच, काठमाडौँमा स्वतन्त्र युवा देशप्रेमिले वृक्षारोपण र केक काटेर शाहको जन्मदिन मनाएको छ ।
कोरोनाको क हरकाबिच भेला भएका युवाहरुले भौतिक दुरी कायम गर्दै वृक्षारोपण र केक काटेका हुन् । जन्मदिनको अवसरमा उपस्थित भएका कैलाश कटुवालले पुर्वराजा शाहलाई शुभकामना दिनुभयो । उहाँले जन्मोत्सव कार्यक्रममा देशको अवस्था, प्रणालि र समग्र युवामा देखिएको अ सन्तुष्टि का बारेमा बोल्नुभएको थियो । उहाँले भन्नुभयो, ‘देशको अवस्थामा युवामा च रम अ सन्तुष्टि थपिएको छ । देशमा राजतन्त्र रहदा केहि अ सन्तुष्टि थिए होलान् तर अहिलेको जस्तो बेथि ति भने थिएन ।’ उहाँले समा अहिले वि चलनको बाटो तर्फ मोडिएको पनि बताउनुभयो । उहाँले सदियौँदेखि चलिआएको राम्रा परम्परा र संस्कार हराइरहेको बताउनुभयो । कटुवालले भन्नुभयो, ‘हाम्रो देशमा बाहिरी हस्तक्षेप बढेको गाइगुईँ चलिरहेको छ । तर, आन्तरिक क लहले गर्दा यो अवस्था आएको हो ।’ उहाँले देशमा राजतन्त्र हुँदा बाहिरी देशले हस्तक्षेप गर्न कठिन रहेको स्मरण गर्दै राजनैतिक दललाई मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वतन्त्र युवा देश प्रमिबाट हिक्मत जंग कार्की, विशेष तामाङ, उत्सव ढकाल लगायत युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अधिकांश युवाहरुले देशमा बढ्दो अ सन्तुष्टिका बारेमा आवाज उठाएका थिए ।