शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बिहेको दुई दिनपछि बेहुलाको मृ त्यु, बिहेमा सहभागी ९५ जनामा कोरोना सं क्रमण

मंगलवार , आषाढ १६, २०७७

काठमाडौं १६ असार- भारतको विहार राज्यको पटनामा एक बैवाहिक समारोहमा सहभागी भएका ९५ जनामा कोरोना भा इरस (कोभिड–१९) को सं क्रमण पुष्टि भएको छ । कोरोना भा इरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको पनि विवाह भएको दुई दिनपछि मृ त्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत जुन १५ मा सफ्टवेयर इन्जिनियरसमेत रहेका ३० वर्षीय एक युवकको विवाह भएको थियो । विवाह भएको दुईदिनपछि नै उनको मृ त्यु भएको थियो । उनलाई कोरोना भा इरससँग मिल्दो लक्षणहरु पनि देखिएका थिए । तर, परिवारले अधिकारीहरुलाई खबर नै नगरी अ न्त्येष्टि गरेका थिए ।

यो घ टनाको पुष्टि गर्दै पटनाका डिस्ट्रिक मेजिस्ट्रेट (डीएम) कुमार रविले विवाहपछि बेहुलाको मृ त्यु भएको सूचनासहितको फोन आएको सूचना आएको बताए । उनका अनुसार बेहुला गुरुग्रामबाट आएका थिए र उनमा कोरोना भा इरससँग मिल्दो लक्षण देखिएको थियो । तर, पनि परिवारले उनको कोरोना भा इरस परीक्षण गर्नुको सट्टा विवाह गरिदिने निर्णय गरे । विवाहपछि उनको अवस्था झन् ख राब हुँदै गयो र पटनाको अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृ त्यु भएको थियो ।

डीएम कुमार रविका अनुसार उनको मृ त्युको सूचना एक सातापछि मात्र आएको थियो । त्यसपछि मृ तकका आफन्त र छिमेकीको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १५ जना कोरोना सं क्रमित पाइएका थिए । त्यसपछि विवाहमा सहभागी सबै मानिसको कन्ट्याक्ट ट्रेसिङ गरेर तीन सय जनामा परीक्षण गर्दा सोमबार थप ८० जनामा कोरोना भा इरसको संक्रमण पुष्टि भएको हो ।

बेहुला र बेहुलीका बाबु दुवै शिक्षक हुन् भने बेहुली सिभिल इन्जिनियर रहेको समाचारमा बताइएको छ ।

स्रोत : टाइम्स अफ इन्डिया

सम्बन्धित विषय:

प्रतिक्रिया