सिन्धुलीमा शनिबारदेखि सलह फट्यांग्रा देखिएको छ । भारतबाट नेपाल छिरेको सलह फट्यांग्रा खतरनाक किरामा गनिन्छ । समूहमा हिँड्ने सलह किरा सिन्धुलीका विभिन्न क्षेत्रहरुमा देखिएको छ । सलह किरा जिल्लामा देखिएसँगै स्थानिय तह, कृषि ज्ञान केन्द्र लगायत सम्बन्धित निकायले नि यन्त्रणकालागि किसानहरुलाई सुझावहरु दिएको छ । तर, जिल्लाका अधिकांश कृषकहरु भने यो किराकाबारेमा जानकार छैनन् । यसले विश्वका केहि देशहरुमा खाद्यान्न सं कटको अवस्था निम्ताइसकेको छ । नेपाल भित्रिएको सलह किराको समूह थोरै भएपनि त्यसले पुर्याउने क्ष तिलाई नजरअन्दाज गर्न मिल्दैन । सिन्धुलीमा देखिएको सलह किरा नि यन्त्रण गर्न स्थानिय तह, कृषि संस्था लगायत सम्बन्धित निकायले कृषकहरुसँग बृहत छलफल गर्न जरुरी छ । सतह रुपमा छलफल गर्ने भन्दा पनि स्थानिय तहले आफ्नो सम्पूर्ण संयन्त्रको प्रयोग गरेर कृषकहरुसँगको छलफललाई तिव्रता दिनुपर्दछ ।
विश्वमा सलह किरा नि यन्त्रणकालागि विभिन्न उपायहरु अपनाईएको छ । सलह नि यन्त्रणकालागि करोडौँ रुपैँया खर्च पनि गरिएको छ । तर, तत्कालकालागि सिन्धुलीमा भने कृषकहरुसँगको छलफलनै उत्तम उपाय हो । कृषकहरुलाई सलहको बारेमा सम्पूर्ण जानकारी दिएर कसरी अघि बढ्ने भन्नेतर्फ सम्बन्धित निकायले प्राथमिकता दिनुपर्छ । सलह किरामा धेरै प्रोटिन हुनेहुदाँ उक्त किरा अरु जिवकालागि पनि चारोको रुपमा प्रयोग गर्न सकिन्छ । यी सबैकुरालाई ध्यानमा राखेर कृषकहरुसँग निरन्तर छलफल गरेर सम्बन्धित निकायले सलह नि यन्त्रणमा जोड दिन जरुरी छ ।