बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा कालोबजारी फस्टाउँदा जनप्रतिनिधि रमिते

शनिवार , आषाढ १३, २०७७

सिन्धुलीका विभिन्न स्थानिय तहमा लकडाउनले गर्दा का लोबजारी फस्टाइरहेको छ । सरकारले ल कडाउन खुकुलो पारेपनि व्यवसायीहरुले मनलाग्दी शुल्क लिने गरेको उपभोक्ताहरुको गुनासो छ । विशेषगरि, होलसेल विक्रेताले नै महंगोमा सामाग्री विक्री गरिरहदा खुद्रा व्यापारीहरुपनि महंगोमा बेच्न बाध्य छन् । जिल्लामा अभाव देखिएका सामाग्रीहरु विभिन्न माध्यमबाट सिन्धुली भित्राउने र सोहि सामान उपभोक्तालाई चर्को मूल्यमा बेच्ने क्रम बढिरहेको छ । सिन्धुलीको कमलामाई नगरपालिका, दुधौली नगरपालिका लगायत अन्य सात गाउँपालिकामा कालोबजारी व्यापक रुपमा मौलाइरहेको उपभोक्ताहरुले गुनासो गरिरहेका छन् । तर, स्थानिय जनप्रतिनिधि र प्रशासन भने मौन देखिएका छन् ।

अत्यावश्यक सामाग्री देखि हरेक सामान उपभोक्ताहरुले बजार मूल्य भन्दा महंगोमा किन्न बाध्य छन् । ल कडाउनका कारण सामान जिल्लामा नआएको भन्दै उपभोक्ताहरुसँग व्यापारीले चर्को मूल्य लिने गरेको उपभोक्ताहरुको गुनासो छ । वास्तवमा, कोरोना भा इरस ९कोभिड–१९० ले गर्दा जिल्लामा व्यापक रुपमा बजार असन्तुलित बन्न पुगेको छ । यस्ता घट्नाहरु भइरहदा पनि स्थानिय तह लगायत सम्बन्धित निकाय मौन बसिरहेका छन् । उपभोक्ताको हित संरक्षण गर्न जनप्रतिनिधिले कुनै चासो नदेखाएको भन्दै उपभोक्ता आक्रोशित भएको अवस्था छ । तसर्थ, सिन्धुलीका सबै स्थानिय तहले बजार अनुगमनलाई तिव्रता दिदैँ उपभोक्तालाई राहत महशुश गराउन आवश्यक छ । अतः स्थानिय सरकारले उपभोक्ताको हित संरक्षण गर्दै स्थानिय समस्यालाई मुख्य प्राथमिकतामा राखेर तत्काल आवश्यक कदम चाल्नतर्फ ध्यान केन्द्रित गर्नुपर्दछ ।

प्रतिक्रिया