बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

निजी विद्यालयको पीडा पनि बुझ

बिहिवार , आषाढ ११, २०७७

सिन्धुली लगायत देशभर विभिन्न राजनैतिक दलको विद्यार्थी संगठनले निजी विद्यालयलाई शूल्क नउठाउन चेतावनि दिएको छ । ल कडाउनको समयमा अभिभावकलाई शूल्क तिर्न मुश्किल हुने भन्दै अभिभावकसँग शूल्क उठाउने कुरामा विद्यार्थी संगठनले फरक मत राखेको छ । एक हिसाबले हेर्ने हो भने निजी विद्यालयले यस्तो समयमा शूल्क लिनु उपयुक्त हुदैँन । विगतमा विद्यार्थीबाट उठाएको पैसा वि पद्को बेलामा व्यवस्थापन गर्नुपर्ने आवाजहरु पनि आएको छ । तर, निजी विद्यालयका पनि विभिन्न स मस्याहरु छन् । निजी विद्यालयले पनि शिक्षकलाई तलब दिनुपर्ने हुन्छ । सबै निजी विद्यालय एउटा अवस्थामा छैनन् । अहिलेको वर्तमान अवस्थामा निजी विद्यालयले सबै विद्यार्थीको शूल्क मिनाहा गर्ने हो भने अभिभावकलाई रा हत त पुग्छ तर धेरैजसो निजी विद्यालय भने प्रभावित बन्न पुग्छन् ।

सिन्धुली लगायत देशभर सामुदायिक विद्यालयको अवस्था निकै नै क मजोर छ । धेरै जसो दुर्गम ठाउँहरुमा पनि संचालकले निजी विद्यालय संचालनमा ल्याएर शिक्षा क्षेत्रको विकासमा जोड दिएका छन् । थोरै मुनाफा राखेर वा मुनाफा नै नराखी पनि निजी विद्यालय संचालनमा आएको अवस्था छ । हुदैँ नहुनु भन्दा केहि हदसम्मको गुणस्तरीय शिक्षाकालागि निजी विद्यालयले धेरै मद्धत पुर्‍याएका छन् ।

तसर्थ, सिन्धुली लगायत देशका अन्य ठाउँहरुमा निजी विद्यालयलाई शूल्क नलिन भन्दै चे तावनि दिने भन्दा पनि कसरी वर्तमान अवस्थाको जटिलतालाई सम्बोधन गर्ने भन्ने तर्फ केन्द्रित हुनुपर्छ । हरेक निजी विद्यालयले शूल्क मिनाहा गर्ने अवस्था छैन । तर, केहि निजी विद्यालयले भने शूल्क मिनाहा गर्दा पनि उनीहरुलाई केहि फरक पर्दैन । अतः निजी विद्यालयको वर्गिकरण गरेर कसरी अभिभावक खुशी हुने र निजी विद्यालय पनि प्रोत्साहित हुने योजना बनाएर सरकारलाई सहयोग गर्नतर्फ विद्यार्थी संगठनको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया