निपाने(सिन्धुली),८ असार – दुधौली नथरपालिका–३ निपाने निवासी फुलमाया थापामगरलाई अहिले हाइसन्चो भएको छ । के खाउ“ के लाउ“, परिवारको हेरचाह कसरी गरौं भन्ने तनावबाट उहाँले मुक्ती पाउनु भएको छ । बरु व्यवसायलाइ कसरी अगाडी बढाउन भन्ने चिन्ता थपिएको छ ।
उहाँले तनावबाट मुक्ति पाएको गरिबी निबारण कोष अन्तर्गत गाँउमा गठन भएको इन्द्रज्योती सामुदायिक संस्थाबाट लिएको सानो ऋणले नै हो । छ वर्ष अघि गठन भएको उक्त संस्थाबाट लिएको २० हजार रुपैया ऋणले अहिले उहाँलाई गाँउभरिकै साहुनी बनाएको छ ।
उक्त वडामा गरिबी हटाइ सबैलाइ धनी बनाउने उदेश्यका साथ गठन भएको इन्द्रज्योती सामुदायिक संस्था मार्फत २० हजार लिएर किराना पसल सञ्चालन गर्नु भएको फुलमाँयाको व्यवसायीक सम्पती लाखौंको बनेको छ । “संस्थाबाट ऋण लिएर किराना पसल व्यवसाय शुरु गरे, अहिले चल सम्पती छ लाखको बनाएकी छु,” उहाँले भन्नुभयो, “छ वर्षको अवधिमा पाँच लाख रुपैयाभन्दा बढी मुनाफा गरियो ।’ उहाँलाई यो व्यवसायमा श्रीमान धरमबहादुरले साथ दिनु भएको छ ।
“शुरुमा सानो व्यवसाय थियो, चिनजान बढ्दै गयो । साहुले पनि पत्याउन थाले, अहिले ठुलो बनाएका छौं”, फुलमा“याका श्रीमान धरमबहादुरले दर्शाउनुभयो । गाउ“का अन्य साना किराना पसलका व्यापारीलाई समेत मालसामान दिन ती जोइपोइ होलसेल व्यापारी भएका छन् ।
फुलमा“याका जोइपोइले मात्र हैन्, इन्द्रज्योती सामुदायिक संस्थाबाट ऋण लिएर आफनो कर्मज्योती बनाउने धेरै छन् । त्यही मेसोमा कुखुरा पालन व्यवसाय गनु भएकी दुर्गा माझी पनि पर्नुहुन्छ । संस्थाबाट २० हजार ऋण लिएर व्यवसाय शुरु गनु भएकी दुर्गाले पनि दुइ लाख रुपैयाभन्दा बढी मुनाफा आर्जन गरिसक्नु भएको छ । “तीनसय कुखुरा विक्री गर्ने अवस्थामा छन्,” उहाँले भन्नुभयो, “मेहनत गर्दा व्यवसायबाट राम्रै आय–आर्जन गर्न सकिदो रहेछ ।” उहाँको घरपरिवारमा व्यवसाय शुरु गरेपछि आर्थिक अभाव हटेको छ ।
समुहबाटै ऋण लिएर किराना पसल सञ्चालन गरेकी सिता श्रेष्ठले ठुलो मुनाफा आर्जन गर्न नसके पनि गुजारा चलाउन सजिलो भएको बताउनुभयो । श्रीमान भारतको दिल्लीमा रोजगारीको शिलशिलामा रहेको भएपनि आफुले व्यवसायबाट घरपरिवार चलाएको उहाँले जनाउनुभयो । उनीहरु सबैले संस्थाबाट लिएको ऋणको आधाभन्दा बढि चुक्ता समेत गरिसकेका छन् । किराना पसल र कुखुरा पालन मात्र हैन् संस्थाबाट अधिकांसले भैसि पालन र गोरुपालनका लागि ऋण लिएका छन् ।
भैसिं पालन गर्नेले पनि दुध, दही र घिउ विक्रीबाट मनग्ये आम्दानी गरेका छन् । “सेतो थोपा घरमा पनि टुटेन, विक्री पनि गर्न पाइयो,” भैंसि पालन गर्ने सदस्यले एकै सासमा भने ।