कोरोना भा इरस (कोभिड–१९ ) को रोकथाम र नि यन्त्रणकालागि सिन्धुलीका नौँ वटा स्थानिय तहले लाखौँ रकम खर्च गरे । कोरोनाका कारण अफ्ठ्यारो अवस्थामा रहेका नागरिकलाई मध्यनजर गर्दै करोडौँ रुपैँयाको राहत सामाग्री पनि वितरण गरियो । चैत्र १० गतेबाट शुरु भएको ल कडाउन र त्यसपछि कोरोनाको नाममा स्थानिय तहले सरकारी कोषको ढुकुटी व्यापक रुपमा प्रयोग गरेका छन् । देशभर स्थानिय तहमा पदको दुरुपयोग गर्दै आर्थिक अ नियमितता र भ ष्टाचार बढिरहेको गुनासो आइरहेको अवस्थामा सिन्धुलीका स्थानिय तहले पनि आयव्ययमा पारदर्शिता नअपनाएको जनगुनासो छ । कोरोना भा इरसको रोकथाम र नि यन्त्रणकालागि विभिन्न स्वास्थ्य सामाग्री खरिद गरिएको छ ।
त्यसैगरि, देश विदेशबाट कोरोना नियन्त्रण र रोकथामकालागि करोडौँ रकम जुटेको पनि छ । जताततै स्थानिय तहमा भ्रष्टाचार मौलाइरहेको समाचारहरु आरहदा सिन्धुलीमा पनि राहत र कोरोनाको नाममा आर्थिक अ नियमितता, भ ्रष्टाचार वा पदको दुरुपयोग भएको शंका नागरिकले गरेका छन् । तसर्थ, जिल्लाका स्थानिय तहले हरेक गतिविधि पारदर्शि ढंगमा गर्नुपर्दछ । केहि प्रतिशतको लागि मुख मिठाउने सरकारी कर्मचारी र कुनै एक कम्पनि वा संस्थालाई फाइदा पु¥याउन स्थानिय तहको जिम्मेवार व्यक्तिको संलग्नताका कारण समग्र प्रणालिको बदनाम गराउनतर्फ कुनै पनि स्थानिय तह लाग्नुहुदैँन । यतिमात्र नभएर पारदर्शि ढंगमा हरेक आर्थिक गतिविधि संचालन गरेर जनतालाई ढुक्क बनाउन पनि सम्बन्धित निकायले प्राथमिकता दिनुपर्छ । अतः कोरोना रोकथाम र नियन्त्रणकालागि जिल्लाका स्थानिय तहको प्रयास राम्रो भएपनि प्रशंसनिय छैन । तसर्थ, सबै स्थानिय तहले जनताको भावनालाई बुझेर अघि बढ्न जरुरी छ ।