काठमाडौं,३१ जेठ – पूर्वयुवराज पारस शाह यतिवेला पोखरामा समय विताइरहनु भएको छ । नेपालमै रहेर पनि परिवारवाट टाढा रहनु भएका उहाँ विभिन्न काण्डका कारण चर्चामा आइरहनु हुन्छ । खासगरी युवतीहरुसंगको निकटताका कारण उहाँ चर्चामा आइरहनु हुन्छ । केही समय अघि सम्म युट्युवर सोनिका रोकायसंगको सामिप्यताका कारण चर्चामा रहेका उहाँ अहिले पोखरामा हुनु हुन्छ । अहिले उहाँको अघि पछि अर्की एक युवतीको तस्बिर देख्न सकिन्छ । सोनिका भने आफ्नो घर बझागं पुग्नु भएको छ ।

परिवारवाट टाढा रहेका उहाँ परिवारका सदस्यलाई कति मिस गर्नु हुन्छ भन्ने कुरा उहाँले सामाजिक सञ्जालमा ब्यक्त गरेको भावनाले देखाउँछ । छोरीहरुसंग थाइल्याण्डमा रहनु भएकी पूर्वयुवराज्ञी हिमानी शाहको पछिल्लो समय एक पछि अर्को टिकटक भिडियो सार्वजनिक भइरहेको छ । उहाँको भिडियो धेरैले शेयर गरेका छन् । अरुले जस्तै पूर्वयुवराज पारसले पनि हिमानीको भिडियो शेयर गर्दै फेमिली लेख्नु भएको छ । पारसले आफ्नो सामाजिक सञ्जालमा छोरीसँग टिकटकमा रमाउँदै बनाएको भिडियोलाई फेमिली भनेर शेयर गर्नु भएको हो ।

उहाँले शेयर गरेको सो भिडियोमा पनि निकै धेरै कमेन्ट आएका छन् । धेरैले उहाँहरुको जोडीलाई संगै देख्न चाहेको बताएका छन् । यति राम्रो परिवार भएर पनि एक्लै भौतारिदै हिडेका पारसलाई सम्बन्ध राम्रो बनाएर संगै बस्न सुझाव दिएका छन् । कतिले पारसलाई माफ गरिदिनु भनेर हिमानीलाई आग्रह पनि गरेका छन् ।

सर्वसाधारणले जस्तै टिकटकलाइ आफ्नो खुसी साट्ने माध्यम बनाउनु भएको सामाजिक अभियन्ता हिमानी शाह यतिबेला टिकटक भिडियोबाटै सामाजिक सञ्जालमा भाइरल बनेको छन् । उहाँ यस्तो मुडमा निकै बिरलै देखिने भएकाले पनि भिडियो भाइरल भएको हो ।सोमवारमात्र एउटा टिकटक भिडियो भाइरल भएको पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएसंगै भाइरल भएको हो । छोरी र श्रीमतीले थाइल्याण्डमा गरेको रमाइलोको टिकटक भिडियो पूर्व युवराज पारस शाहले पनि शेयर गर्नु भएको छ ।

हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा अभिनय गर्नु भएको छ । छोरीहरुलाई भेट्न थाइल्यान्ड पुग्नु भएको र लकडाउनका कारण अहिले उतै अडकिनु भएको हिमानी छोरीका साथमा रमाइलो गरिरहनु भएको छ ।

उहाँहरुले टिकटकमा बनाएको भिडियोमा देशभक्ति गीत सुन्न सकिन्छ । उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उहाँ आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ । त्यसै गरी ‘गुराँसको फेदमुनि सम्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा पनि हिमानीले छोरीसँग टिकटक बनाउनु भएको छ । छोरीहरुका साथ समय विताउन थाइल्याण्ड जानु भएको हिमानी लकडाउनका कारण उतै छन् भने पूर्व युवराज पारस भने पोखरामा रमाइलो गरिरहनु भएको छ ।