शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा म्याद गु ज्रिएका खाद्य बस्तु बरामद गरी न ष्ट

मंगलवार , जेठ २७, २०७७

सिन्धुली,२७ जेठ –ल कडाउनको बि षम अवस्थामा पनि मूल्यबृद्धि भएको, मुल्यमा एकरुपता नदेखिएको गु नासो बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिन्धुलीमाढीका खाद्यान्न स्टोर तथा पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद गु ज्रेका खाद्यबस्तु भेटिएका छन ।

दुई दर्जन बढी टिपो तथा पसलहरुमा गरिएको अनुगमनमा अ खाद्य वस्तु विक्री भईरहेको पाईएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेतले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिग्देलको नेतृत्वमा कमलामाई नगरपालिका वडा नं. ६ रातमाटा र वडा नं. ४ ढुंग्रेबासमा रहेका दुई दर्जन खाद्यान्न डिपो तथा पसलहरुको अनुगमन गर्दा म्याद ना घेका खान अ योग्य भएका खाद्यान्न बस्तुहरु भेटिएको उहाँले बताउनु भयो । म्याद ना घेका र खान अयोग्य वस्तुलाई बरामद गरि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लगि न ष्ट गरिएको बस्नेतले जानकारी दिनु भयो ।

अनुगमनमा १२ बोरा बोडी, एक कार्टुन रियल जुस, एक कार्टुन लिची जुस, एक कार्टुन कुरकुरे, एक कार्टुन चाउचाउ, एक कार्टुन बिस्कुट नष्ट गरिएको उनले बताउनुभयो । मुल्य वृद्धि भने नभएको पाईएको बस्नेतले बताउनुभयो ।

अनुगमनमा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रेम अर्याल, घरेलु उद्योग बिकास कार्यालय सिन्धुलीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रतिनिधि, वडाका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया