वि.सं.२०७७ साल जेठ २७ गते । मंगलबार । ईश्वी सन् २०२० जुन ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– चतुर्थी,४१ घडी १२ पला,बेलुकी ०९ बजेर ३८ मिनेट उप्रान्त पंचमी । नक्षत्र– उत्तराषाढा,२७ घडी ५५ पला,बेलुकी ०४ बजेर २० मिनेट उप्रान्त श्रवण । योग–ब्रम्ह,२२ घडी १४ पला,दिउसो ०२ बजेर ०३ मिनेट उप्रान्त ऐन्द्र । करण– बव,बिहान ०९ बजेर ४० मिनेट उप्रान्त बालव,बेलुकी ०९ बजेर ३८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३४ घडी २९ पला । मंगल चतुर्थी व्रत ।
मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयो’गले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन् । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । सोचेको समयमा काम नबन्न सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पु¥याउनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):– नयाँ अवसरले काममा उत्साह जगाउनेछ । व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । रमाइलो यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– प्रतिस्पर्धामा उत्रनुपरे पनि स्वास्थ्य’सम्बन्धी चिन्ताले सता’उन सक्छ। हल्लाको पछि लाग्दा दःस्ख पाइनेछ । गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– अध्ययनमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचि’न्तकहरूले साथ दिनेछन् । प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।
कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट पनि फाइदा मिल्नेछ । टाढिएका आफन्त नजिकिने छन् । मिहिनेतले राम्रो लाभ दिलाउनेछ ।
तुला(र, रि, रु, रे, रो, ता, ति, तु, ते):– परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आवेशमा काम गर्दा विवा’दमा परिनेछ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ । आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्न’छन् ।
वृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु):– बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अव’सरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ ।
मकर(भो, ज, जि, खि, खु, खे, खो, गा, गि):–भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द);– दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । छोटो सम’यमै राम्रो उपलब्धि हातलागी हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।
हाल देशको प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै भू-भागमा र प्रदेश १ का पहाडी भू-भागहरूमा सामान्य बदली रहेको छ भने कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश सहित प्रदेश २ का केहि भू-भागमा आंशिक बदली रहेको देखिन्छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि भू-भागमा हल्का बर्षा भइरहेको छ।
आज दिउँसोः- प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मे घगर्जन/च ट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आज रातीः- प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा प्रदेश २, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मे घगर्जन/च ट्याङ सहित वर्षाको सम्भावना रहेको छ।