बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका जनप्रतिनिधिको बदलिदो जिवनशैलि र जनताको प्रश्न

सोमवार , जेठ २६, २०७७

सिन्धुली बाट निर्वाचित जनप्रतिनिधिको जिवनशैलि परिवर्तन भएको देख्दा मतदाता नागरिक छक्क परेका छन् । संघीयतापछि संघ, प्रदेश र स्थानिय सरकार छन् । तीन सरकारबाट सर्वसाधरणले व्यापक सेवासुविधा पाउने आशा गरेपनि त्यो अनुसारको काम भने हुन सकेको छैन । सिन्धुलीका नौँ वटा स्थानिय तहमा केहि बाहेक अधिकांश जनप्रतिनिधिसँग सर्वसाधरण असन्तुष्ट छन् । जनप्रतिनिधि हुनुअघि र जनप्रतिनिधि भएपछि देखिएको व्यापक भिन्नताले गर्दा धेरै प्रश्नहरु नागरिक स्तरबाट उठने गरेको छ । सामान्य जिवनशैलिमा रम्ने सर्वसाधरण जब जनप्रतिनिधिको हैसियतमा पुग्छ, उसका सपना र सन्तुष्टिको मापदण्ड झनै चुलिदैँ जाने पछिल्लो सिन्धुलीको समग्र परिपाटीले देखाउँछ । जिल्लामा औँलाले गन्नेबाहेक अधिकांश जनप्रतिनिधिबाट सर्वसाधरण सन्तोष हुन सकेका छैनन् । संघीयता भनेकै पहँुँचवालाकालागि रहेको र जनप्रतिनिधिकै हातमा समग्र शक्ति रहेको फरक बुझाई सर्वसाधरणमा परेको छ । जनप्रतिनिधिको रवैया र शक्ति दुरुपयोगले उनीहरुप्रति जनताको विश्वास गुम्दै गएको छ ।

जिल्लामा विकास निर्माणका काम नभएका होइनन् । स्थानिय सरकार गठन भएपछि विकास निर्माणले तिव्रता पाएको छ । तर, तीनै विकास निर्माणलाई देखाएर पेट भर्ने प्रवृद्धिले गर्दा भ्रष्टाचार र अनियमितता बढेको छ । स्थानिय सरकारले पाएको अधिकारको दुरुपयोग गर्दै नेता कार्यकर्ता पाल्ने प्रवृद्धि पनि नदेखिएको होइन । तसर्थ, जनप्रतिनिधिले जनताको हितमा काम गर्न आवश्यक छ । आफ्नो जिवनशैलि परिवर्तन गर्दै भविष्य बलियो बनाउने जनप्रतिनिधिले सर्वसाधरणको भविष्यमा पनि चिन्ता मान्नुपर्दछ ।

प्रतिक्रिया