शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मालपोत कार्यालय सिन्धुली आजदेखि सञ्चालनमा

आइतवार , जेठ २५, २०७७

सिन्धुली,२५ जेठ – बन्दाबन्दीका कारण लामो समयदेखि बन्द रहेको मालपोत कार्यालय सिन्धुली आन्तरिक काम सञ्चालन हुने गरी आजदेखि खुलेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको २३ गतेको बैठकले देशभरका मालपोत कार्यालयका अत्यावश्यक सेवा जेठ २५ गतेदेखि सुरु गर्ने निर्णयसँगै उक्त कार्यालय खुलेको हो । मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी पुरुषोत्तम दाहालले आन्तरिक काम हुने र सेवा ग्राहीको काम जग्गा रजिष्ट्रेशन नहुने गरी कार्यालय खुलेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मोठ ब्याण्डिङ, अड्डा अदालतको रोक्का, नयाँ रजिष्ट्रेशन मूल्यांकन लगायतका आन्तरिक काम सञ्चालन भएको छ । जग्गा प्रशासन सम्बन्धि चाहि काम नहुने भयो ।”

 

स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयको आन्तरिक प्रशासन तथा अन्य अत्यावश्यक सेवा मात्र सन्चालन हुने सूचना अधिकारी दाहालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया