सिन्धुलीमा कोरोना सं क्रमितको संख्या तीनजना पुगेको छ । सं क्रमित तीनैजना भारतबाट आएर क्वा रेन्टिनमा बसेका व्यक्ति हुन् । उनीहरुलाई सिन्धुली अस्पतालमा ल्याएर उपचार गरिदैँ छ । जिल्लामा कोरोना सं क्रमित व्यक्तिहरु देखापरेसँगै उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठेको छ । त्यसैगरि, जिल्लामा ल कडाउन उ ल्लंघन गर्नेक्रम बढिरहेको छ । दैनिक उपभोग्य वस्तुका पसल व्यवसाय सावधानी नअपनाई निर्वाध रुपमा चलिरहेका छन् । बिहानको समयमा कमलामाई नगरपालिका लगायत अन्य स्थानिय तहमा बजार क्षेत्रमा भिडभाड बढिरहेको छ । बजार क्षेत्रमै पनि सामाजिक दुरीको खिल्ली उडाइएको छ । कोरोना भा इरस (को भिड–१९) कालागि न्युनतम सा वधानी पनि नपनाएको अवस्थामा को रोना सं क्रमितको संख्या बढिहालेमा जिल्लाका स्थानिय तहको तयारी कस्तो छ भन्ने प्रश्न उठ्नु स्वभाविक हो । सरकारले केहिदिनमै ल कडाउनको मोडालिटि परिवर्तन गर्ने संकेत दिइसकेको छ । यस्तो अवस्थामा जिल्लाका स्थानिय तहले कोरोना रोकथाम र नि यन्त्रणकालागि गम्भिर भएर योजना बनाउनुपर्ने आवश्यकता छ । सिन्धुली अस्पतालमा कोरोना सं क्रमितलाई उपचारकालागि ल्याएपछि झनै प्रश्नहरु उठेका छन् । जिल्लामा कोरोना सं क्रमितको संख्या बढेमा सिन्धुली अस्पतालमा ल्याएर मात्रै उपचार गर्न संभव छैन । कोरोना सं क्रमितलाई एक स्थानिय तहबाट अर्को स्थानिय तहसम्म पुर्याउँदा जो खिम उत्तिकै हुन्छ । यस्तो अवस्थामा हरेक स्थानिय तहले कोरोना सं क्रमितको उपचारकालागि आवश्यक तयारी गर्न जरुरी छ । आईसोलेसन निर्माण देखि सं क्रमितकालागि आवश्यक व्यवस्था मिलाउन स्थानिय तहले समय खर्च गर्नुपर्ने आवश्यकता छ ।
सिन्धुलीमा कोरोना सं क्रमणको घ ट्ना धेरै देखिएको छैन । सं क्रमित कम देखिएको भन्दैमा सावधानी नअपनाए त्यस्ले विकराल रुप लिने संभावना बढ्छ । जिल्लाको बजार क्षेत्रमा देखिएको भिड र स्थानिय तह र प्रशासन मुखदर्शक हुँदा कोरोना सं क्रमणको जोखिम बढ्दै गएको छ । स्थानिय स्तरमा पनि न्युनतम सावधानी नअपनाएको पछिल्लो दृश्यले देखाउँछ । तसर्थ, सामाजिक दुरी कायम गर्ने देखि मास्कको प्रयोग र बजार क्षेत्रमा देखिएको भिडभाड नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । त्यसैगरि, सरकारले लकडाउनको मोडालिटि परिवर्तन गरेमा त्यस अनुसार अघि बढ्न स्थानिय तहले गम्भिरताका साथ गृहकार्य गर्न जरुरी छ । अतः कोरोना भा इरस (कोभिड–१९) रोकथाम र नियन्त्रणकालागि स्थानिय तह र प्रशासनको कदम सन्तोषजनक नभएको अवस्थामा सम्बन्धित सबै निकायले विशेष ध्यान दिन आवश्यक छ । कोरोनासँग जुध्न सिन्धुलीको तयारी अपुग भएकाले सरोकारवाला निकायले कसरी अघि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ ।