वि.सं.२०७७ साल जेठ २५ गते । आईतबार । ईश्वी सन् २०२० जुन ०७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– द्वितीया,४३ घडी २३ पला,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त तृतीया । नक्षत्र– मूल,२७ घडी ०३ पला,दिउसो ०३ बजेर ५९ मिनेट उप्रान्त पूर्वाषाढा । योग– शुभ,२९ घडी ३२ पला,बेलुकी ०४ बजेर ५८ मिनेट उप्रान्त शुक्ल । करण– तैतिल,बिहान ११ बजेर ०२ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त वणिज। आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २७ पला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : – गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन । पहिले गरेका क्रियाकलापको मूल्यांकन र प्रशंसा हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : – तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले संकट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ स्वास्थ्यमा सकारात्मक संकेत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आज नराम्रो दिन छैन, विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ, आजका लागि थाती राख्नु बेस हुनेछ । आर्थिक पक्ष सबल छैन, यद्यपि केही लाभमूलक काम बन्नेछन।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ ।
तपाईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको विहारमा रहेको निम्न चापिय प्रणाली (चक्रवात “निसर्ग” को अवशेष) को प्रभाव रहेको छ ।
आज दिउँसोः- देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक वा दुई स्थानमा मे घगर्जन/च ट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
आज रातीः- देशका धरैजसो स्थानमा सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी प्रदेश तथा प्रदेश ५ का थोरै स्थानहरुमा र कर्णाली, सुदुर पश्चिम प्रदेश र प्रदेश २ का एक वा दुई स्थानमा मे घगर्जन/च ट्याङ सहित वर्षाको सम्भावना रहेको छ।