बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

म हामारी र भ्र ष्टाचार

शनिवार , जेठ २४, २०७७

सिन्धुली लगायत देशका विभिन्न जिल्लाहरुमा महामारीको बेला पनि भ्रष्टाचार भएको भन्दै सत्तारुढ दलप्रति आ रोप लागिरहेको छ । संघीयता आएसँगै स्थानिय तहले अधिकारको दुरुपयोग गरेको गुनासो पनि उत्तिकै छ । स्थानिय तह देखि केन्द्रसम्म भ्र ष्टाचार झांगिरहेको विभिन्न घटनाहरुले देखाउँछ । कोरोना भा इरस (कोभिड–१९) का कारण विश्वनै आतंकित भएको अवस्थामा नेपालमा भने विभिन्न आर्थिक चलखेलहरु देखिए । स्थानिय तहमा राहत वितरणमा देखिएको अनियमितता होस् वा कोरोना रोकथाम र नियन्त्रणकालागि खरिद गरिने उपकरणमै पनि भ्र ष्टाचारको गन्धले चर्चा पायो । पछिल्लो समय नेपालमा भ्र ष्टाचार मौलाउँदै गएको विश्लेषण हुने गरेको छ । अझ, स्थानिय तहले व्यापक अधिकार पाएपछि भ्र ष्टाचार, अनियमितता र पँहुचवालाहरुको राज्यको ढुकुटीमा हालीमुहाली बढेको गुनासो छ । हाल नेपालमा अर्बौँ रकम कोरोना रोकथाम र नियन्त्रणकालागि खर्च गरिएको छ । राज्यको ढुकुटीबाट ठूलो रकम प्रयोग भएपनि सन्तोषजनक काम भने हुन सकेको छैन । क्वारेन्टिन लगायत बिरामीको उपचारमै पनि राज्यको पहुँच फितलो छ । म हामारीको बेला पनि भ्रष्टाचार देखिनु लज्जास्पद विषय हो ।

तसर्थ, जनप्रतिनिधिले संकटको समयमा नागरिकलाई अभिभावकत्व प्रदान गर्नतर्फ बढि ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ । अतः भ्र ष्टाचार रहित समाज निर्माणकालागि राज्यको सम्बन्धित निकायले गम्भिर भएर अघि बढ्न जरुरी छ ।

प्रतिक्रिया