शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आजको जेठ २४ गतेको राशिफल र मौसम

शनिवार , जेठ २४, २०७७

वि.सं.२०७७ साल जेठ २४ गते । शनिबार । ईश्वी सन् २०२० जुन ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– प्रतिपदा,४६ घडी १३ पला,बेलुकी ११ बजेर ३९ मिनेट उप्रान्त द्वितिया । नक्षत्र– ज्येष्ठा,२८ घडी १८ पला,बेलुकी,०४ बजेर २९ मिनेट उप्रान्त मूल । योग–साध्य,३४ घडी ३३ पला,बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त शुभ । करण– बालव,दिउसो १२ बजेर २२ मिनेट उप्रान्त कौलव,बेलुकी ११ बजेर ३९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–बृश्चिक,बेलुकी ०४ बजेर २९ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन भने नसोचेको धन लाभ हुन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): – विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । मन फुरुंग हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):– अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):– प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे): – बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन । महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): –  उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :– भौतिक साधन जुट्नेछन र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :– पा विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । विभिन्न अवसरले पछ्याउने छन ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :– अरुको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): – विभिन्न भौतिक साधनहरू जुट्नेछन भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा): – प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यापारमा पनि कमै फाइदा हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :– चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन । घरायसी सुखको अनुभूति हुनेछ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ ।

तपाईँको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” (NISARGA) चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ ।हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १ , गण्डकी प्रदेश, सु.प प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केहि स्थानमा हल्का देखि मध्यम खालको बर्षा र प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको अवस्था छ।

आज दिउँसोः- प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सु.प र प्रदेश ५ मा सामान्य बदली रहनेछ। प्रदेश १,२, र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज रातीः- प्रदेश १ र बागमती प्रदेश मा पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मे घगर्जन/च ट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया