शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

को रोनाले हाम्रो वडाको विकास निर्माणमा कुनै प्रभाव छैन : वडाअध्यक्ष खड्का

बिहिवार , जेठ २२, २०७७

कमलामाई नगरपालिकाको वडा नम्बर पाँच विकास निर्माणको हिसाबमा अग्र स्थानमा देखिएको छ । मुलुक संघियतामा गएसँगै निर्वाचित जनप्रतिनिधिहरुको कामको मुल्याङकन गर्दा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर पाँचमा विकास निर्माणले तिब्र गति लिएको छ । वडाअध्यक्षको सक्रियतामा यस वडामा ६ किलोमिटर सडक कालोपत्रे खानेपानीको सुविधा फरेष्टीको कक्षा लगायतका विकासले गति लिएको छ । चालु आर्थिक बर्षका विकास निर्माणमा लकडाउनले कुनै प्रभाव परेको छैन । सतप्रतिशत योजनाको काम सम्पन्न भइसकेको वडाले जनाएको छ । यसै सन्र्दभमा वडा अध्यक्ष पुर्ण बहादुर खड्कासँग सिन्धुली सौगातका लागि अनिल भण्डारीले गरेको कुराकानी

यस वडामा चालु आर्थिक बर्षको विकास निर्माणको अवस्था कस्तो छ  ?

कमलामाई नगरपालिका वडा नम्बर ५ स्वभाविकै रुपमा सबैको नजरमा पर्ने वडाभित्रै पर्छ । किनभने मुख्य सदरमुकामसँगै जोडिएको वडा भएकाले यो वडाले गर्ने गतिविधिमा धेरैको ध्यान पुग्नु स्वाभाविकै छ । चालु आर्थिक बर्ष २०७६।०७७ मा २० ओटा योजनाका लागि ९५ लाख रुपैया बजेट कमलामाई नगरपालिकाले वडा नम्बर ५ का लागि विनियोजन गरेको थियो ।

नगरपालिकाले वडालाई योजनाका लागि बजेट दिनेवित्तिकै हामीले एउटा निर्णय गरेका थियौ योजनाहरु सबै फागुन मसान्तसम्म सक्ने लक्ष्य राख्ने निर्णय भएको थियो । राज्यको नियमअनुसार असारमसान्तसम्म सम्पुर्ण योजना सकेर भुक्तानी लिनुपर्ने हुन्छ । तर जेठ असारमा मात्रै हतारमै विकास गर्दा परिपक्व विकास हुन नसक्ने भएकाले हामीले फागुन मसान्तसम्म योजनाको काम सम्पन्न गरिसक्ने गरि दिनरात लागि परेका थियौ । २०७६ साल भदौ १४ देखिनै हामी हाम्रा योजनाका काम अगाडी बढाउन लागि प¥यौ । सोही बर्षको असोज र कात्र्तिक सम्ममा उपभोक्ता समिति बनाई मंसिर पहिलो साताबाटै सबै उपभोक्ता समितिलाई काम सुरु गर्न निर्देशन दिए । सँगै मैलेपनि कुन उपभोक्ता समितिले के गर्दैछ भन्ने दैनिक निगरानी गरे । त्यसैको परिणाम फागुन मसान्तसम्म हामीले हाम्रो वडामा आएका योजनाहरु नगरपालिकाबाट र प्रदेशबाट आएको योजनाको ९५ प्रतिशत काम सम्पन्न गर्न सफल भयौ ।

हाल विश्वभर फैलिएको कोरोना भाइरसका कारण विकास निर्माणमा कुनै असर परेन र ?

हाल विश्वभर फैलिएको कोरोना भा इरसले नेपाल पुर्ण रुपमा लक डाउनमा छ, त्यसको प्रभाव कमलामाई नगरपालिकामा पनि छ तर वडानम्बर पाचमा लक डाउनका कारण कुनैपनि विकास निर्माण रोकिएको छैन हाम्रो विकास निर्माणका सम्पुर्ण योजनाको काम भइ सतप्रतिशतनै खर्च भइसकेको छ । प्रदेश सरकारले राजपानीको बाटो स्तरउन्नती गर्न १० लाख,सिलामे स्कुलको पहिरो नियन्त्रणका लागि १० लाख र सिलामेकै बाटो स्तरउन्नती गर्न १० लाख पठाएको थियो । यो सबै योजनाहरुको काम भएको छ । म वडाअध्यक्ष स्वयम् कर्मचारी जत्तिकै वडामा खटेको छु । दैनिक वडामै बसेको छु । जनताले अध्यक्ष नभेटेकै कारण काम गर्न नसकेर फर्कनु नपरोस भन्ने मेरो मुल मान्यता छ । हामीले वडाको विकास निर्माण र जनतालाई सहज गर्नका लागि शनिबार समेत कार्यालय खोलिदिएर सेवा दिएका छौ । कोभिड १९ का कारण अन्य क्षेत्रमा प्रभाव परेपनि हाम्रो वडाको विकास निर्माणमा कुनै असर परेको छैन । किनभने हामीले फागुन मसान्तसम्मनै विकास निर्माणका काम सक्ने लक्ष्य लिएर सोही अनुसार काम गरेका हौ । नगरपालिकाले हालै केहि बजेट पठाएको छ त्यसको बजेट र अख्तियारीनै हामीलाई ढिलो प्राप्त भएकाले केहि काम हुदै छ सुरुवातमै भएका योजनाका सम्पुर्ण काम गरिसकेका छौ । काम नभएको कारण हाम्रो वडाको बजेट फिर्ता हुदैन ।

को रोना भा इरसका कारण यहाँको वडामा अन्य के के मा असर पुगेको देख्नुभएको छ त ?

स्वभाविकै रुपमा विश्वलाईनै तर्साएको कोरोना भाइरसको प्रभाव यहाँ नपर्ने कुरा भएन । विकास निर्माण हामीले फागुन सम्म गर्ने लक्ष्य लिएकाले विकास निर्माणमा कुनै असर परेको छैन तर कोरोनाको कारण व्यापार व्यवसाय, किसानका उत्पादनले बजार नपाएको जस्ता समस्या त छन् नै तर विकास निर्माणका काम हामीले लक डाउन अगावै सकेको हुँदा कोरोनाको प्रभावले विकास निर्माणमा कुनै प्रभाव छैन । सेवाग्राहीलाई मर्का नपरोस् भन्नका लागि हामीले बिदाको दिनमा समेत कार्यालय खोलेका छौ, दुरी कायम गरेर सेवाग्राहीको प्रशासनिक काम बाहेक अन्य गुनासो सुन्ने र त्यसको समाधान खोज्ने गरेका छौ ।

तपाई वडा अध्यक्ष निर्वाचित भएपछि जनताले महसुस गर्ने काम के गर्नुभएको छ छोटकरीमा जानकारी गराइदिनुसन् न ?

म हाम्रा वडामा भएका विकास निर्माणका काममा प्रचारबाजी खासै गर्दिन । किनभने म बोलेर प्रचार गरेर भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने मान्यता बोकेर अगाडी बढेको मान्छे हुँ । तपाईलेनै महसुस गर्नुभएकै छ । यहाँका सडकहरुको अवस्था कस्तो थियो तपाईलाई जानकारी भएकै कुरा हो । मैल निर्वाचित भएपछि नगरपालिका भित्रका भित्रि सडक कुनै पनि वडामा कालोपत्रे नहुँदा मेरो वडामा ६ किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ, यो मेरो प्रयासको सफलता हो भन्ने मलाई लाग्छ । यो कुनै नगरपालिकाको बजेटले संम्भावना थिएन । नितान्त म वडाअध्यक्षको पहलमा सडक कालोपत्रे भएको छ । यति मात्रै होइन यसै वडाको सिलामे स्कुलमा बन विज्ञान फरेष्टी पढाई सञ्चालन गरेको छु । यहाँको कारागारबाट पञ्चकन्या जाने स्थानमा सडक बनाउन त्यति सजिलो थिएन त्यहा पुल बनाएर सडकको पहुँच पु र्‍याएको छु । जनताको साथ सहयोग हुँदा विकास निर्माण अझै गर्न सकिन्छ गर्ने छु ।

यस वडामा राहत वितरणको अवस्था कस्तो छ ?

लक डाउन भएको लामो समय भइसक्यो । वडामा कुनैपनि परिवार भोको बस्नुनपरोस् भनेर हामीले गुनासोको सुनुवाइ गर्न गुनासो सुन्ने व्यवस्था समेत मिलाएका छौ । पहिलो चरणमा १ सय ३३ जना र दोस्रो चरणमा ७ सय ४३ जनालाई हामीले राहत वितरण गरेका छौ । मैले यस वडामा दैनिक श्रम नगरी चुल्हो बलेन भनेर गुनासो गर्नेहरुका लागि सर्वपक्षिय सर्वदलिय सहमती अनुसार राहत दिने व्यवस्था मिलाएको छु । राहत वितरणमा यस वडामा कुनै विवाद र गुनासो आउन दिएको छैन । लक डाउन थपिदै जाँदा मध्यम स्तरले पनि हाल राहतको आश गर्न थालेका छन्, त्यो स्वभाविक पनि देखिन्छ । किनकी लक डाउन भएको लामो समय भएकाले घरमा खाने खाद्यन्न सकिदै गएको हुनसक्छ । अति विपन्न, मजदुर ज्यालादारीमा पेट पाल्नेलाई पहिलो प्राथमिकतामा राहत दिने व्यवस्था मिलाएको हुँ ।

प्रतिक्रिया