शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

म जान्न मामि भनेर भनिरहँदा पनि केवल ब्युझदा तिमिलाई पाउन सक्दिन छोरी

आइतवार , जेठ ११, २०७७

निरु दर्लामी नेतृ, नेकपा

आज जेठ ११ गते २०५८ हामी भि षण मो र्चामा थियौ । सबै नीजी सम्पति र परिवार केहि होईन भन्दै राज्यसत्ता परिवर्तनको अभियानमा थियौ । सिन्धुलीका अन्य नेताहरुको तुलनामा हामी र हाम्रो परिवार निकै नै राज्य सत्ताको नि शानामा थियौ । मैले यत्तिका वर्षहरुसम्म तिम्रो बारेमा दुई शब्द लेख्ने आँ ट गर्न सकेकी थिइन । कहाँबाट र कताबाट शब्द चयन गर्नेसम्म पनि मेलो पाउनसम्म सकिरहेकी थिईन । आज तिमिलाई सम्झदै छु । दुःखका साथ भन्नुपर्छ । यत्रो व लिदानपछि प्राप्त यो सत्तामा तिम्रो कुनै पनि ठाउँमा केही स्थान छैन । न त विद्यार्थी आन्दोलनका अगुवाहरुले तिम्रो सम्झनामा तिम्रो तस्बिर राखेर दुई थुंगाफुल र दुई शब्द श्रद्धाञ्जलीका शब्दहरु व्यक्त गर्छन् न त महिला मु क्तिका ठुला ठुला भाषण गर्नेहरुको लिष्टमा तिमी पर्छौ । हिजो हामी सबैको भाषण गर्ने लिष्टमा व लिदानका च र्को स्वरहरु र वलिदानको अर्थको बारेमा व्याख्या गर्दै ती अभियानमा लामबद्व सबैलाई पटक पटक मर्न सिकाउने अभियान्ताहरुले आज बाँ चेर आएकाहरुका लागि बाँच्न सिकाउने एउटा पनि उच्चारण गर्न सक्दैनन् । व लिदान राष्ट्रका लागि भनेर लाग्नेहरुको लागि निकै नै गं म्बिर र सोचनिय बिषय बनाएको छ । हिजोका ती सँगै यु द्धमा लडेका एउटै रुखको छहारी मुनि एउटा पातलो सल ओढेर एउटै सपना आधा आधा देख्नेहरु पनि समय सँगसँगै नीजी सम्पत्ती र परिवार भन्दा माथि उठेर निर्णय गर्ने ठाउँमा पुग्न सकिरहेका छैनन् । विडम्बना पुर्वक भन्नुपर्छ श हिदहरु पनि कुन पक्ष वा गुटको हो भन्नेमा कित्ता ब न्दि हुन पुगेका छौ । सक्नेले राष्ट्रको बजेट लगेर मुर्ति बनाएका छन् । अर्को गु टको भनेपछि त्यहि मुर्ति बनाउन पनि अस्विकार गरेका छन् । कोहि बिपिको डाँडो बोकेर हिडेका छन् । कोहि आ न्दोलनको दौरानमा शहिदै नभएका ठाउँहरु बोकेर हिडेका छन् । कोहि ज्व रो आएर म रेका बाउको शहिदको नाममा नाम भजाएर पैसा लिएर बसेका छन् । यो सबै हेर्दा लाग्छ आज शहिदको कोटामा पर्न र पार्न पनि शक्तिशाली गुटमा तिम्रा आफन्तहरु लाग्नुपर्ने विडम्बना बनेको छ । तिमिसंगै पढ्ने उमेरका तिम्रा ती दौतरीहरु आज अफिसर बनेका छन् । तिम्रा ती व लिदानका अर्थ सिकाउनेहरुलाई फनफनि यो सत्तामा घुमाई दिएका छन् । सायद तिमी अहिले त्यहि स्थानमा नभए पनि मेरो जिन्दगीको एउटा अभिन्न अंग बन्ने थियौ । अरु मा दक पदार्थ सेवन गरि म र्दा महान बन्छन यो देशमा । तर म केहो म भोलि के बन्छु मेरो बाटो कुन हो भनेर आफ्नो जिन्दगी को परिभाषा नवुझ्दै तिम्रा ती तोते बोलिबाट वयस्क भएको स्वर परिवर्तन हुन नपाउँदै तिम्रा बा आमा मा ओवादी भएकै कारणले तिमी एउटा कोपिला फुल बनेर फक्रिन नपाउँदै तिम्रा ती कोपिला अवस्था बडेमानको मा ओवादीको नाममा नि मोठिन्छ चर्को स्वरले आ तंककारीको मृत्यु भनेर समाचार भन्नेहरु पनि तिमिले रगत ब गाएको व्यवस्थामा त्यहि कुर्सीमा अटाएका छन् । तिम्रो त्यो शाहादतले निकै नै आ तंकित बनाएको थियो । धैरै छोरीहरुले अकालमा गो ली खाएर म र्नु परेको थिएन । १० औं वसन्त पार गरी ११ औं वसन्तमा पाईला टेकेको मात्र ४१ दिन भएको थियो । माफ गर छोरी तिमिलाई हामिले रक्षा गर्न सकेनौ । घर आँगनमा साथी संगिसँग खेलिरहेको अवस्थामा तत्कालीन शाही नेपाली नामक सेनाले सबै गाउँलेलाई घरबाटबाहिर ननिस्कन आदेश दिँदै घरछेउमा गो ली हानि नि र्ममतापुर्क ह त्या गरेको दिन । मेरो काख रि त्तिएको दिन । मलाई माफ गर छोरी त्यत्ति वेला हामी पनि तिम्रो साथमा थिएनौ । रक्षा गर्न पनि सकेनौ हार्दिक श्रद्धाञ्जली छोरी । तिमिलाई हामीले सदासदा सम्झिरहेका छौ । सपनीमा आएर म पनि हजुर र बहिनीसंगै बस्छु म पनि पढ्छु म जान्न मामि भनेर भनिरहँदा पनि केवल ब्युझदा तिमिलाई पाउन सक्दिन छोरी । हार्दिक श्रद्धाञ्जली !  

प्रतिक्रिया