शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

काँग्रेस पदाधिकारी बैठक बस्दै

आइतवार , जेठ ११, २०७७

काठमाडौँ ,११ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले संघीय संसदमा दर्ता गरेको “नेपालको संविधान (दोस्रो संशोधन), २०७७” र को रोना भा इरस सं क्रमणको अवस्थालगायत विषयमा छलफल हुने काँग्रेस मुख्यसचिव कृृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि सो विधेयक दर्ता गराएको हो । बैठकमा को रोना नि यन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया