काठमाडौँ ,११ जेठ – नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा दिएको एक अभिव्यक्तिले नायिका वर्षा राउत वि वादमा मुछिनु भएको छ । उहाँको एउटा भिडियो क्लीप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडियो क्लीपमा वर्षा भन्नु भएको छ, “देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झ गडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झ गडा पारिरहेका छन् ।”
अगाडी वर्षाले थप्नुभयो,“ मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।”
वर्षा अहिलेसम्म खासै विवादमा नमुछिएको नायिका हो । तर, यो उहाँको अभिव्यक्ति भने आलोचित बनेको छ । वर्षाका भारतीय साथी उहाँसित रिसाउलान् भनेर नेपाली पत्रकारले सीमाको मुद्दा नउठाउने कुरा त हुँदैन होला । फेरि एउटा सेलिब्रिटी हुनुको नाताले आफ्ना इन्डियन साथीलार्ई पनि यो विषय बुझाउने दायित्व उहाँको हो ।
उहाँले नेपाली र भारतीय पत्रकारले झगडा पारिरहेको भनेर दुवैलाई एउटै डालोमा हालिदिनु भएको छ । जबकि नेपाली सञ्चारमाध्यमले तर्कमा उभिएर प्रश्न गरिरहेका छन् भने भारतीय सञ्चारमाध्यले गालीगलौज मात्रै गरिरहेका छन् ।
उहाँले मनिषा कोइरालाबाट सिक्नुपर्ने हो,जसले भारतमा आफ्नो ठूलो फ्यान फलोअर्स हुँदा पनि नेपालको पक्षमा आवाज उठाउन डराउनु भएन ।