वि.सं.२०७७ साल जेठ ११ गते । आईतबार । ईश्वी सन् २०२० मे २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि–द्वितीया,४७ घडी ४६ पला,रातको १२ बजेर १९ मिनेट उप्रान्त तृतीया । नक्षत्र– मृगशिरा,अहोरात्र । योग–सुकर्मा,०३ घडी ४४ पला,बिहान ०६ बजेर ४२ मिनेट उप्रान्त धृति । करण– बालव,दिउसो १२ बजेर ११ मिनेट उप्रान्त कौलव,रातको १२ बजेर १९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–बृष,बेलुकी ०५ बजेर २३ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३४ घडी ०२ पला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आज तपाईलाई व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन । पारिवारिक सुख मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आज तपाईको दिन रमाइलो गरी बित्नेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आजबाट तपाईको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन । वादविवादमा विजय प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :–आज तपाईले प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । सानातिना कामको झमेला आउनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– आजबाट तपाईको कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, । पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आज तपाईको कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । आम्दानीमा कमी आउने छैन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आज तपाईको सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन । पहिले गरेका क्रियाकलापको मूल्यांकन र प्रशंसा हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आज मध्याह्नसम्म तपाईको दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ । घरायसी समस्याहरू देखिए पनि खास फरक पार्ने स्थिति छैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आज तपाईको दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- आज तपाईलाई आर्थिक समस्याले संकट पार्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– आज तपाई सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– आज तपाईलार्य नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । समय बितेको पत्तो पाउनुहुन्न ।
तपाईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार आज दिउँसोः- देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मे घगर्जन/च ट्याङ/हा वाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः- देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मे घगर्जन /च ट्याङ/ हा वाहुरी सहित वर्षाको सम्भावना रहेको छ।