सिन्धुलीबाट रोजगारीकालागि विदेश जानेको संख्या बाक्लो छ । धेरै संख्यामा वैदेशिक रोजगारीमा जानेमा सिन्धुली झण्डै अग्रस्थानमा पर्दछ । वर्षेनि हजारौँको संख्यामा सिन्धुलीका युवाहरु वै देशिक रोजगारीमा जाने गरेको सु रक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सिन्धुलीको तथ्यांकले देखाउँछ । हालसम्म पचास हजार भन्दा बढि संख्यामा सिन्धुलीका युवाहरु विदेशिएका छन् । को रोना भा इरस (को भिड–१९) ले विश्वभर आ तंक म च्चाइरहदा ठूलो संख्यामा विदेश प लायन भएका जनशक्ति घर फर्किएका छन् । जनशक्ति नेपाल फर्किएसँगै उनीहरुलाई व्यवस्थापन गर्न चु नौति थपिएको छ । स्थानिय तहले यी चु नौतिलाई आत्मशात गर्दै अवसरमा बदल्ने हो भने दिर्घकालिन रुपमा जनशक्ति व्यवस्थापन हुने देखिन्छ । अहिलेको अवस्थामा सिन्धुलीका स्थानिय तहले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई आफूले सिकेको शिप व्यवहारमा उतार्ने वातावरण बनाउने हो भने जनशक्ति अभावको कमि हुनेथियो । त्यसैगरि, वैदेशिक रोजगारीले समाजमा सिर्जना गरेका स मस्याहरु पनि केहि ह दसम्म कमि हुने देखिनछ । अहिले सिन्धुलीमा वैदेशिक रोजगारीका कारण पारिवारीक क लह ब ल्झिरहेको छ जसका कारण समाजमा शान्ति खलबलिने थुप्रै घ ट्नाहरु सार्वजनिक भएको छ । तसर्थ, को रोना भा इरसका कारण फर्किएका जनशक्तिलाई बो झ ठान्ने भन्दा पनि स्थानिय तहले अवसरका रुपमा लिन जरुरी छ ।
सिन्धुलीमा अहिले पनि जनशक्तिको अभाव देखिरहेको छ । जिल्लामा जनशक्ति नभएकै कारण बाहिरी जिल्लाबाट ठूलो संख्यामा जनशक्ति भित्राउनु पर्ने बा ध्यता छ । विदेशको तुलनामा जिल्लामै पनि आकर्षित तलबका कामहरु छन् । त्यसैले, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई उचित परामर्श दिएर स्वदेशमै केहि गर्न सकिन्छ भन्ने हौसलाको आवश्यकता छ । यतिमात्र नभएर उनीहरुलाई काम गर्ने वातावरण सिर्जना गर्न पनि स्थानिय तहले आफ्नो संयन्त्र परिचालनमा ग म्भिर हुन जरुरी छ । अतः को रोना भा इरस (को भिड–१९) का कारण समाजमा दिर्घकालिन स मस्या आउन नदिन सिन्धुलीका नौवटै स्थानिय तहले आकर्षित कार्यक्रमहरु ल्याई युवालाई सिन्धुलीमा नै काम गर्ने सुनौलो अवसर सिर्जना गर्न दिर्घकालिन योजना ल्याई सफल कार्यान्वयनमा समय खर्च गर्नुपर्ने देखिएको छ ।