सिन्धुलीमा हालसम्म को रोना सं क्रमित कोहि भेटिएका छैनन् । काठमाडौँमा रहने सिन्धुलीका एकजनामा को रोना सं क्रमण भेटिएपनि सिन्धुलीमानै भने संक्रमित भेटिएका छैनन् । कोरोना सं क्रमित व्यक्ति नभेटिदैँमा सिन्धुली कोरोना भाइरसको जो खिममा छैन भन्ने हुदैँन । नेपालमा भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुमा कोरोना सं क्रमण देखिएको छ । अधिकांश कोरोना सं क्रमित बाहिरी देशबाटै आएकाहरु छन् । उक्त तथ्यांकलाई आधार मान्ने हो भने सिन्धुली पनि कोरोना भा इरसको जो खिममा छ । ल कडाउनपछि सयौँको संख्यामा भारत लगायत तेश्रो मुलुकबाट सिन्धुली भित्रिएका छन् । स्थानिय तहले उनीहरुको उद्धार र परिक्षण गराएर सतर्कता त अपनाएको छ तर नि गरानि नगरे समस्या बल्झिने देखिन्छ । भारत लगायत तेश्रो मुलुकबाट सिन्धुली आएकाहरु अधिकांशको आ रडिटि माध्यमबाट परिक्षण भएको छ । आ रडिटिलाई भरपर्दो मानिदैँन । आरडिटि परिक्षणबाट कोरोना सं क्रमण पा ेजिटिभ देखिएपनि कोरोनाको सं क्रमण केहि दिनपछि देखिएको घट्नाहरु सार्वजनिक भएको छ । त्यसैले पनि सिन्धुलीमा बाहिरी देशबाट आएकाहरुको निगरानिमा स्थानिय तहले जोड दिन जरुरी छ ।
त्यसैगरि, स्थानियले पनि आफू र समाजलाई सुरक्षित बनाउन स्थानिय तहसँग सहकार्य गरेर अघि बढ्न आवश्यक छ । भारत वा अन्य जोखिमयुक्त जिल्लाबाट आएका आफन्त वा छरछिमेकको बारेमा स्थानिय तहलाई रिपोर्टिङ गर्न सर्वसाधरणले हिच्किचाउनु हुदैँन । त्यस्तै, स्वयं त्यस्ता व्यक्तिले सतर्क भएर होम क्वारान्टिनमा बसि आफू र आफ्नो समाज सुरक्षित बनाउनतर्फ लाग्नुपर्छ । अतः कोरोना प्रभावित देश वा जिल्लाबाट आएकालाई हेला वा अपहेलना गर्नेभन्दा पनि कोरोनाको म हामारीलाई रोकथाम र नियन्त्रण गर्न सबै एक्यबद्ध भएर अघि बढ्न आवश्यक छ ।