शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एकै पटक २१ जनाले पराजित गरे कोरोना

शुक्रवार , जेठ ९, २०७७

राँझा, ९ जेठ - नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भा इरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो स ङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आ इसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताउनुभयो । उहाँका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पो जेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट ने गेटिभ आएको थियो । कोरोना प राजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने छ ।

सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना सं क्रमितलाई राखी उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उहाँको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । हाल सङ्क्रमित १०१ पुगेका छन् ।

थप दुईमा सं क्रमण

बाँकेमा बिहीबार सं क्रमण देखिएका दुई जना पनि एकहप्ता अघि भारतबाट आएका थिए । नेपालमा आएलगत्तै क्वारेन्टिनमा रहनुभएका खजुरा गाउँपालिका वडा नं ३ का ४२ वर्षीया महिला र नरैनापुर गाउँपालिका वडा नं ३ का ३२ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर प्रयोगशालामा गरिएको स्वाब नमूना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार फेला परेका सङ्क्रमित एक हप्ताअघि भारतबाट आएर गाउँकै क्वारेन्टिनमा बस्दै आएका हन् । कोरोना सङ्क्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएपछि खजुराक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । खजुरा गाउँपालिकामा पहिलो पटक बुधबार वडा नं ५ निवासी एक व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो भने बिहीबार थप एक जनामा पुष्टि भएको छ ।

खजुरामा सं क्रमण नभई भारतबाटै सङ्क्रमित भई आएको पाइएकाले त्रसित हुनुपर्ने अवस्था नरहे पनि सजगता अपनाउनुपर्ने भएकाले थप उच्च सतर्कता अपनाइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । सङ्कलित स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ ।

१५१ स्वाब सङ्कलन

बाँकेमा बिहीबार विभिन्न स्थानबाट १५१ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । राप्तीसोनारी गाउँपालिकाबाट ४६, डुडुवा गाउँपालिकाबाट २०, नेपालगञ्जको कल्पतरु होटलको क्वारेन्टिनबाट १२, भेरी अस्पतालबाट सात, नेपालगञ्ज मेडिकल कलेजबाट ६ र नेपाल प्रहरीका ६० जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । सङ्कलित स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ ।

रमजान सादगीका साथ मनाउन आग्रह

कोरोना सं क्रमणकोे महामारीबाट जोगिन मुसलमान समुदायले रमजान पर्व सादगीका साथ मनाउन आग्रह गरेको छ । नेपालगञ्जस्थित मुसलमान समुदायका अगुवाले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा आफ्ना धर्म संस्कार पनि सादगीका साथ घरमै मनाउन आग्रह गर्नुभएको हो ।

धर्मगुरु एवम् नेपालगञ्जका मुसलमान अगुवा मौलाना अबदुल जब्बार मञ्जरीले अलबिदाको नमाज र इदुल फित्रको नमाज सङ्क्रमण फैलिने खतरा रहेकाले घरघरमै बसेर मनाउन आग्रह गर्नुभएको छ । हाजी मोहमद हारुन हलवाईका अनुसार आगामी सोमबार रमजानपर्व सकिँदै छ । कोरोनाको समयमा हुने गरेका गलत अफवाहको पछि नलाग्न र त्यस्ता सूचना प्रवाह गर्नेहरुका बारेमा तत्काल प्रशासनलाई जानकारी दिन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया