बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सतर्कता अपनाऔँ

बिहिवार , जेठ १, २०७७

सिन्धुलीको कमलामाई नगरपालिका ६ माढीबजारमा बिहान ७ बजेदेखि १० बजेको समयमा भि डभाड बढि हुन्छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले नै अत्यावश्यक सामान तथा तरकारी किनमेल गर्नकालागि तीन घण्टाको समय तोकिदिएको हो । तर, बजार क्षेत्रमा व्यवसायी र उपभोक्ताले न्युनतम सतर्कता पनि अपनाएका छैनन् । पसलहरुमा भिड नि यन्त्रणकालागि व्यवसायीले कुनै पनि कदम चालेका छैनन् । त्यसैगरि, ग्लाभ्स, सेनिटाइजर जस्ता अत्यावश्यक सामाग्रीको प्रयोग नगरि सामान विक्री वितरण भइरहेको छ । यता, सामाजिक दुरी कायम गर्नुको सट्टा समूह बनाएर केहि उपभोक्ताले तरकारी किन्ने गरेको दृश्य बिहानको समयमा देख्न सकिन्छ । पछिल्लो दुई दिन यता कोरोना संक्रमणको संख्या तिव्र रुपमा बढेको छ । सिन्धुलीको छिमेकी जिल्ला पनि कोरोना संक्रमणको जोखिम बढेको छ । तर, सिन्धुलीमा भने जनस्तरबाट सा वधानी अपनाइएको छैन । सु रक्षा निकायले ल कडाउनको समयमा क डाइ गर्न खोजेपनि जनस्तरबाट सहयोग पाइरहेका छैनन् ।

तसर्थ, जिल्लावासीले म हामारीको सं कट आउन नदिन स तर्कता अपनाउन जरुरी छ । सानो ग ल्तिले पनि ठूलो स मस्या पैदा गर्नेहुँदा सावधानि अपनाउनतर्फ सधैँ सचेत हुन आवश्यक छ । अन्यथा, सम्पूर्ण जिल्लानै कोरोनाको जा ेखिमा पर्ने छ । अतः अत्यावश्यक सामाग्री खरिद गर्दा सतर्क हुन जरुरी छ । त्यसैगरि, आफू र अरुलाई समेत जोखिम सिर्जना गरेर बेलुकाको समयमा पनि अनावश्यक रुपमा हिँड्डुल गर्न बन्द गरिनुपर्छ । अतः सबैले सचेत भएर घरमै बसि कोरोनाको म हामारीविरुद्ध लड्नुपर्दछ ।

प्रतिक्रिया