वि.सं.२०७७ साल जेठ ०१ गते । बिहीबार । ईश्वी सन् २०२० मे १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि–सप्तमी,१२ घडी ०९ पला,बिहान १० बजेर ०९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–श्रवण,११ घडी ०६ पला,बिहान ०९ बजेर ४४ मिनेट उप्रान्त धनिष्ठा । योग–ब्रम्ह,५७ घडी २८ पला,रातको ०४ बजेर २८ मिनेट उप्रान्त ऐन्द्र । करण– बव,बिहान १० बजेर ०९ मिनेट उप्रान्त बालव,बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा– ध्वज योग । चन्द्रराशि–मकर,बेलुकी १० बजेर २६ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । दिनमान ३३ घडी ३६ पला । ज्येष्ठ संक्रान्ति। अष्टमी व्रत। धनिष्ठा पञ्चक प्रारम्भ।
ष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ;– बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । रोकिएका सरकारी काम सल्झाउने राम्रो समय छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन । प्रतिस्पद्र्धीहरू परास्त हुनेछन । नोकरी र रोजगारी क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । प्रेमीप्रेमिकाका बीचको सम्बन्ध सुदृढ बन्नेछ । साँझसम्म कुनै आर्थिक लाभको समाचार प्राप्त गर्न सकिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ ।कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । गृहिणीहरूले परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आफन्तबाट सहयोग प्राप्त हुने छ । सरकारी जागिरेले महत्वपूर्ण अवसर प्राप्त गर्न सक्छन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । भाग्यबल राम्रो छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । विद्यार्थीहरूको पठनपाठनमा प्रगति हुनेछ र आध्यात्मिक भावनाको विकास हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसायमा मन्दि आउनेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ, यात्राका क्रममा हरहमेशा सचेत हुनुपर्छ । प्रायः सबैको पारिवारिक जीवनमा समेत निरसता छाउने समय छ । आज कुनै परिस्थितिमा पनि आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । आज सुरुमा छैटौं चन्द्रमा भए पनि दिउँसोदेखि आनन्द र खुसीको वातावरण प्राप्त हुने समय देखिन्छ । बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । निर्णय क्षमताको प्रशंसा हुनेछ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।आजसुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । गृहिणीहरूले छोराछोरीबाट सन्तोष प्राप्त गर्नेछन । झगडा वा किचलोमा पनि समय दिनुपर्ने दिन छ, अनि विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । पुपुख्र्यौली सम्पत्तिको मूल्यांकन र छलफल गर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । विद्यार्थीहरूको लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । अरुको पनि बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– बहुप्रतिक्षित ईच्छा तथा आकांक्षाहरु पुरा हुनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले सफल व्याक्तिको परिचय बन्नेछ । पराक्रम भावमा गाचर गर्ने मध्ययम चन्द्रमाले व्यापार व्यावसायमा भने न्यून आम्दानि हुनेछ । आज सामाजिक र परोपकारका काममा दिलचस्पी बढ्ने समय छ, त्यस्तै आजको दिन कुनै लामो समयदेखि हाँके र ताकेको पुरानो काम बनाउने समय हो, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु चाहिं राम्रो हुँदैन । बन्दव्यापार र रोजगारीका क्षेत्रमा खासै उपलब्धी हुँदैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– मेहनेत तथा लगनशिल भएर काम गर्दा सम्मानजनक स्थान प्राप्त गर्न सकिनेछ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । प्रविधिको प्रयोग गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।आज व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । भोज वा पार्टीमा सहभागी बन्ने समय छ, मेवामिष्ठान्न आदि खाने अनुकूलता हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कर्मचारीले विशिष्टजन वा हाकिम खुसी पार्ने समय हो । गृहिणीहरूमा परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :–राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । आज डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– समयमा सचेत नहुदा आकश्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आज सुरुमा बाह्रौ भावमा र त्यसपछि आफ्नै घरमा चन्द्रमा रहने छ, आजबाट मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । तर आजको दिन दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै हुने समय छ । अब नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।, आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । आज अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा सहभागी बन्नुपर्ने भएकाले गर्नैपर्ने कुनै काममा अवरोध हुनसक्छ ।
तपाईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ।
आज दिउँसोः- देशको पहाडी भू-भागमा सामान्य बदली र बाँकी भु-भागमा आंशिक बदली रहनेछ।अपरान्ह पश्चात पहाडी भू-भागका केही स्थानहरु मेघगर्जन/च ट्याङ्ग/अ सिना र हा वाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आज रातीः- देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग/अ सिना र हा वाहुरी सहित वर्षाको सम्भावना रहेको छ।