शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

रविको यस्तो भिडियो बाहिरीएपछि हंगा मा (भिडियो सहित)

बुधवार , बैशाख ३१, २०७७

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले केहि समय अघि लकडाउनको समयमा खानेकुराकालागि मरि ह त्ते गर्नुहुदैँन भनेका थिए । उनले ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तर्लंंग झोल हालेर खाउँ तर बाहिर नजाउँ, बाच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोपसँग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टो क्दै सात थाल थपि खानुहोला ।’ भन्दै आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा बोलेका थिए । उनको उक्त डाइलग समाजिक संजाल फेसबुकमा भा इर ल नै भएको थियो । तर, उक्त डाइलग भनेको केहि समयमै आफैँले पार्टी गरेको भिडियो सार्वजनिक भएपछि हं गा मा मच्चिएको छ । अरुलाई अर्ति उपदेश दिने तर आफू भने मि ठो मसिनो खाने भन्दै धेरैले रविको आ लोचना समेत गर्न भ्याए । चलचित्र क्षेत्रका चर्चित कलाकारहरुसँग विभिन्न परिकार खादैँ गरेका रविलाई धेरैले लकडाउनको समयमा अनावश्यक पार्टी गरेको भन्दै वि रोध पनि गरे । उक्त पार्टी दिपक गिरि, दिपा श्रि निरौला, पुजा शर्मा लगायतको उपस्थिति थियो ।

के हो वास्तविकता ?

आफ्नो घरमा बसेर सिमित समूहमा पार्टि गर्नु सामान्य हो । लकडाउनको समयमा घरमै बसेर आफूले भ्याएजतिको मिठो मसिनो खानु ठूलो कुरा होइन । तर, समाजिक संजालमा रविको वि रो धिले अ ना वश्यक टिप्पणी गरिरहेका छन् । हरेक मानिसको व्यक्तिगत जिवन हुन्छ । रविले कार्यक्रममा तरकारी आयात लगायत विभिन्न विषयलाई मुख्य मुद्धा बनाएका थिए । उनले घरमा बसेर मिठो मसिनो खानु हुदैँन भनेर कतै भनेका छैनन् । तर, आ लो च कहरुले भने अरुलाई मिठो नखानु भन्दै आफूले मिठो मिठो खाएको भनेर आ लो चना गरिरहेका छन् । कोरोना भा इर सको महा मा रि फैलिरहेको बेला अरु कसैलाई देखाएर पार्टी गर्नुपर्छ भन्ने खालको अभिव्यक्ति दिनु ग ल त हो ।

लकडाउनको खि ल्ली उडाउकै हो त ?

अहिले सामाजिक संजालमा पोष्ट भएको एक भिडियोले देशका चर्चित फिल्मकर्मीहरु तथा संचारकर्मी रवि लामिछानेले सरकारको आदेशलाई ग म्भीर ढंगले नलिएको देखाएको छ । भिडियोमा लकडाउनकाबिच एकै ठाउँ भेला भएर उनी लगायतका कलाकारहरु पार्टी गर्दै गरेको देखिन्छन् । उक्त पार्टीमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु दिपक राज गिरि, दिपाश्री निरौला, पुजा शर्मा, किरण केसी, अनुराग कुँवर, फिल्मी पत्रकार उत्सब रसाइली लगायतको उपस्थिति रहेको छ । उनीहरु लालमोहन बनाउदै रमाइलो गर्दै पार्टी गरिरहेका छन् । स्रोतका अनुसार उक्त जमघट कलाकार अनुराग कुँवरको घरमा भएको थियो ।

केहि समय अघि आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मार्फत रवि लामिछानेले ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोल हालेर खाउँ तर बाहिर नजाउँ’ भन्दै जोशिलो तरिकाले संदेश दिएका थिए । उनले ‘बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’ भनेका थिए । उनले यस्तो भनेको भिडियो क्लिप सामाजिक संजालमा खुबै भा इर ल भएको थियो भने टिकटक प्रयोगकर्ताहरूले पनि यसमा सयौंको संख्यामा टिकटक भिडियो बनाएका थिए । तर अहिलेको रविसमेत सहभागी भएको सो भिडियोले संचारकर्मी र अभियानकर्मीका रुपमा परिचित लामिछानेजस्ता व्यक्तिमाथि नै तिक प्रश्न खडा गरेको छ ।

अन्य समय अरुका ग ल्ती मा चर्को वि रोध र ‘के हुनुपथ्र्यो’ भन्नेसम्मका उपदेश दिन भ्याउने रविले यो त्रु टी किन गरे । यसमा उनले आफ्नो सामाजिक उत्तरदायित्व भू लेको स्पष्ट हुन्छ । जनताले एक हिसाबले उनलाई नायक नै मानेर दिएको इज्जतको सम्मान के हो भन्ने प्रश्न स्वभाविक रुपमा उठाएको छ ।

यसमा रवीसँगै रहेका फिल्मी कलाकारहरूको नैतिक र सामाजिक उत्तरदायित्व निर्वाहमा देखिएको उदा सि नता पनि उजागर भएको छ । उनीहरूले आफ्नो सामाजिक छविलाई वेवास्ता गरेको देखिन्छ ।

भिडियो हेर्दा छुटाउनै नहुने काम भएर भेला भएको जस्तो देखिदैन । के काम र के उदेश्यले सरकारी नियमको अ वज्ञा साथै अति आवश्यक कामको लागि भनेर प्रदान गरिएको पासको दुरुपयोग गरियो भन्ने उनीहरुनै जानुन् ।

भिडियोमा दीपकराज गिरी पनि पार्टीको मजा लिइरहेका छन् । उनी सामजिक संजालमा केही नराम्रो हुँदा ख रो र छु च्चो टिप्पणी गर्ने गर्छन् । अरुका ग ल्ती मा ति खो टि प्पणी दिने उनले यो भु लमा आफ्नो स्पष्टिकरण कुन हिसाबले देलान ?

 

सम्बन्धित विषय:

प्रतिक्रिया