नेपालमा कोरोना सं’क्रमितको संख्या मंगलवार एकै दिन ८३ जनाले बढेको छ । कोरोना सं’क्रमितको संख्या बढेसँगै नेपालमा ख’तराको घण्टी बजेको छ । थपिएका सं’क्रमितमध्ये पर्सामा मात्र ५७ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १,सर्लाही १,महोत्तरी २ ,धनुषा २, भक्तपुर २ र काठमाडौँमा १ जना छन् । विभिन्न जिल्लामा सं’क्रमण देखिएपछि सिन्धुलीमा पनि कोरोनाको त्रास थपिएको छ । सिन्धुली जिल्लाले प्रदेश नं १ को उदयपुर र प्रदेश नं २ को सर्लाही,महोत्तरी, धनुषा जिल्लालाई छुन्छ । सिन्धुलीको सिमाना रहेको यि चार जिल्ला कोरोना सं’क्रमणको जोखिममा रहेका जिल्ला हुन् । त्यसैले पनि सिन्धुली जिल्लामा उच्च सतर्कता नअपनाए अवस्था बिग्रने देखिन्छ । जिल्लामा विरगंज लगायत प्रदेश नं २ बाट विभिन्न सामाग्रीहरु आयात भइरहेको छ । कोरोना सं’क्रमणको मुख्य जो ’खिममा विरगंज पनि छ । समग्रमा, सिन्धुली जिल्लामा कोरोना सं’क्रमण भित्रने कारणहरु थुप्रै छन् । तसर्थ, सिन्धुलीका स्थानिय प्रशासनले कडाई गर्न आवश्यक छ । अन्यथा, आगामी दिन सिन्धुलीमा कोरोनाको कहरले ठूलो समस्या ननिमत्याउला भन्न सकिन्न ।
सिन्धुलीमा केहि दिन अघि सुर्तिजन्य पदार्थको अभाव देखिएको थियो । तर, अहिले भने फेरि बजारमा गुट्खा लगायत सुर्तिजन्य पदार्थ उपलब्ध छन् । यस्ले पनि के देखाउँछ भने सिन्धुलीमा लकडाउनको समयमा पनि सुर्तिजन्य पदार्थको आयात भइरहेको छ । सुर्तिजन्य पदार्थ प्रदेश नं २ बाट नै आयात हुने गरेको छ । त्यसैगरि, तरकारी लगायत खाद्यान्न पनि विभिन्न जिल्लाबाट आयात भइरहेको छ । जिल्लामा लुकिछिपि थुप्रै सामाग्री भित्रिरहेको छ । तसर्थ, सु’रक्षा निकायले सवारीसाधन चेकजाँचमा कडाइ गर्न जरुरी छ । निजी सवारी साधनको प्रयोग गर्दै विपी राजमार्ग हुँदै अन्य जिल्ला जानेको संख्या पनि बाक्लो छ । विशेषगरि, बिहानीपख विपी राजमार्ग हुदैँ थुप्रै सवारीसाधन गुड्ने गरेका छन् । यी सबै कुरालाई मध्यनजर गर्दै स्थानिय प्रशासनले गम्भिर भएर आवश्यक कदम चाल्न जरुरी छ । अतः सिन्धुलीमा कडाई गर्न कुनै पनि निकायले कञ्जुस्याँई गर्नुहुदैँन । जनस्तरबाट पनि लकडाउनको पालना गर्दै सचेत हुन आवश्यक छ ।