काठमाडौँ ३० बैशाख – नेपालमा थप ५७ जनामा को'रोना भा'इरसको सं,क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार थप ५७ जनामा सं'क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा सं,क्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सं'क्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनु भयो।

नयाँ सं,क्रमित मध्ये पर्साका ३९, रुपन्देहीका ९ र कपिलवस्तुका ८ तथा बाराका एक जना रहेको छन् ।
सं,क्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको नि'गरानीमा रहेको मन्त्रालयले जनाएको छ ।