शुरुवाति दिनहरुमा सिन्धुली लगायत देशभर लकडाउन क'डाईका साथ पालना गरिएको थियो । विश्वभर तिव्र गतिमा फै'लिरहेको को'रोना सं’क्रमणले सिन्धुलीवासी लगायत सम्पूर्ण नागरिकमा एकखालको ड'र र भ'य उत्पन्न गरेको थियो । अहिले पनि छिमेकि राष्ट्र भारत लगायत विश्वभर कोरोना सं’क्रमितको संख्या बढिरहेको छ । तर, कोरोना सं’क्रमितको संख्या नेपालमा तिव्र रुपमा नबढेका कारण सर्वसाधरणले ‘कोरोना भा'इरस’ लाई सामान्य रुपमा लिइरहेका छन्, जुन सरासर ठूलो गल्ति हो । हालसम्म नेपालमा १३४ जना सं’क्रमित भेटिएको छ । सोमबरमात्रै एकैदिन २४ जनामा कोरोना सं’क्रमण देखिएको छ । हालसम्म उदयपुर, नेपालगञ्ज, कपिलवस्तु लगायतका जिल्लामा ठू'लो संख्यामा कोरोनाका सं’क्रमण देखिएको छ । कोरोनालाई नजरअन्दाज गर्दा इटालि, अमेरिका लगायत विश्वका कयौँ कोरोना सं’क्रमित देशहरुमा लाखौँको संख्यामा मान्छेको मृ'त्यु भइरहेको छ । नेपालमा हालसम्म कुनै पनि नेपाली नागरिकको मृ'त्यु भएको छैन । यहि तथ्यांकलाई आधार मानेर कोरोना फैलिदैँ नफैलिने भन्ने हुदैँन । यदि यस भयो र लकडाउनको उल्लंघन वा हेलचेक्राईले नेपालमा कोरोनाको क'हर तिव्र रुपमा देखिन सक्छ । तसर्थ, वर्तमान अवस्थामा राज्यले कोरोना परिक्षणलाई ति'व्रता दिएर सुरक्षित जिल्लाहरुमामात्र लकडाउन खुकुलो पार्न जरुरी छ ।
नेपालमा उसैपनि कोरोना सं’क्रमण परिक्षणकालागि आधुनिक उपकरणको अभाव छ । हालसम्म पिसिआर प्रविधिबाट भन्दा आरडिटि किटबाट धेरैको परिक्षण गरिएको छ । आरडिटि किटको परिक्षण रिपोर्ट सन्तोषजनक एवं विश्वसनीय नरहेको थुप्रै देशले पुष्टि गरिसकेको छ । यो मतलब नेपालमा आरडिटि किटबाट गरिएको सबै परिक्षण गलत हो भन्न मिल्दैन । तर, आरडिटि किटको तथ्यांकबाट देश सु'रक्षित भन्न मिल्दैन । तसर्थ, राज्यले कोरोना परिक्षण तिव्र रुपमा बढाउन आवश्यक कदम चाल्न जरुरी छ ।
सिन्धुलीमा पछिल्लो केहि दिनयता लकडाउन उल्लंघन गर्नेको संख्या बढिरहेको छ । सिन्धुलीको सिमानामा उदयपुर जिल्ला रहेको छ । उदयपुर जिल्ला अति प्रभावित जिल्ला हो । त्यसैले पनि सिन्धुलीमा लकडाउनको पूर्ण पालना आवश्यक छ । सर्वसाधरणले जिल्लामा केहि भएको छैन भन्दै लकडाउन उ'ल्लंघन गर्ने हो भने सिन्धुलीमा पनि उदयपुर जस्तै सं’क्रमणको संख्या एकाएक नदेखिएला भन्न सकिन्न । तसर्थ, त्र'सित भएर भन्दा पनि सवाधानि अपनाएर लकडाउनको पालना गर्न सबैको ध्यान जान जरुरी छ । अतः जिल्ला प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि लगायत सम्बन्धित सबै निकाय कोरोना सं’क्रमणको नि'यन्त्रण र रोकथामकालागि अझै गम्भिर हुनुपर्छ ।