सिन्धुलीमा आइतबार एक हजार रुपैँयाको नक्कली नोट भेटिएको छ । नक्कली नोट भेटिएसँगै जिल्लामा अपराधिक घट्नामा वृद्धि हुने संकेत देखिएको छ । देशभर ल’डकडाउनका कारण बेरोजगारीको संख्या बढेको छ जसको प्रत्यक्ष–अप्रत्यक्ष असरहरु समाजमा देखिन थालेको छ । नक्कली नोट भेटिनु पनि ल’डकडाउनकै नतिजा नहोला भन्न सकिन्न । बेरोजगारीकै कारण चोरी, डकैति जस्ता अपराधिक घट्नाहरु समाजमा देखिन सक्ने प्रबल संभावना छ । अहिलेको अवस्थामा निम्न आर्थिक श्रोत भएको परिवारलाई हात मुख जोड्ननै समस्या छ । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको खाना टार्ने परिवारहरुको संख्या पनि जिल्लामा धेरै छ । काम ठप्प हुँदा उनीहरुमा मनौवैज्ञानिक दबाव बढेको छ ।
तसर्थ, स्थानिय निकाय देखि सम्बन्धित निकायले ल’डकडाउनपछि समाजमा देखिने नकारात्मक असरका बारेमा पनि बृहत छलफल गर्न आवश्यक छ । त्यसैगरि, सुरक्षा निकायले समाजमा देखिने अपराधिक गतिविधिको निगरानिमा विशेष जोड दिन जरुरी छ । विशेषत, राज्यले ल’डकडाउनपछि समाजमा देखिने समग्र समस्याको चित्रण गर्दै समाधानकालागि दिर्घकालिन योजना बनाउनुपर्छ । अतः ल’डकडाउनले आगामी दिनमा धेरै नकारात्मक असरहरु देखापर्ने हुँदा जिल्लाका सरकारी निकायले समस्या न्युनिकरणतर्फ ध्यान केन्द्रित गर्न आवश्यक छ ।