वि.सं.२०७७ साल बैशाख २९ गते । सोमबार । ईश्वी सन् २०२० मे ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– चतुर्थी,१३ घडी ०५ पला,बिहान १० बजेर ३३ मिनेट उप्रान्त पंचमी । नक्षत्र– मूल,०७ घडी ०३ पला,बिहान ०८ बजेर ०८ मिनेट उप्रान्त पूर्वाषढा । योग– सिद्ध,०७ घडी २२ पला,बिहान ०८ बजेर १६ मिनेट उप्रान्त साध्य । करण– बालव,बिहान १० बजेर ३३ मिनेट उप्रान्त कौलव,बेलुकी १० बजेर ११ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा– लुम्ब योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३३ घडी २८ पला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने दिन छ । सामाजिक र परोपकारी काममा मन जानेछ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । आजका लागि तपाईको शुभअंक १ र शुभरंग बैजनी वा पहेंलो हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आज तपाईको आठौं भावको चन्द्रमाका कारण मानसिक खिन्नताको समय छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन । नजिकका साथीभाइ वा सहयोगीले विश्वासघात गर्न सक्छन, गोपनीयता भंग हुने खतरा पनि छ, सचेत हुनु राम्रो हो । आजका लागि तपाईको शुभअंक ४ र शुभरंग ध्वाँसे हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आज सुरु गरेको व्यवसायबाट लाभ लिने समय छ, आम्दानी प्रशस्तै बढ्नेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धी आर्जन हुनेछ । आजका लागि तपाईको शुभअंक ३ र शुभरंग सुन्तले हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– आज छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । आजका लागि तपाईको शुभअंक २ र शुभरंग छिर्केमिर्के बुट्टे हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : – आज आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । अन्य सबैले पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । आफ्नै बलबुता र दिमाग खियाएर गरेको कामबाट धनलाभ हुनेछ । आजका लागि तपाईको शुभअंक ५ र शुभरंग ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आज दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । महत्वाकांक्षी योजना फलीभूत हुनेछन। हडबड गर्दा काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ । आजका तपाईको लागि शुभअंकङ्क ८ र शुभरंग रातो हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आज विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मनग्ये धन आर्जन हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । लेनदेन लाभकारी रहने छ । आजका लागि तपाईको शुभअंक ७ र शुभरंग गाढा हरियो हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आज सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । आयआर्जन पनि राम्रै होला । नयाँ काम प्रारम्भ गर्न सकिने छ । व्यापारीहरूले कृषिजन्य कारोबारबाट मनग्ये धन कमाउने अवसर पाउने छन । आजका लागि तपाईको शुभअंक ६ र शुभरंग सेतो वा उज्यालो हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– आज मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्ने समय छ । आफ्नै राशिमा चन्द्रमा रहेकाले हिम्मतले काम बनाउन सकिने दिन हो । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । आजका लागि शुभअंक ५ र शुभरंग रातो हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-आज आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आर्थिक संकटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लंघन गर्नु हुँदैन । हाँकेताकेका र चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन । आजका लागि तपाईको शुभअंक ८ र शुभरंग गाढा पहेंलो वा बुट्टे हो भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :–आज लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । नयाँ जिम्मेवारी पाइने समय छ । आजका लागि तपाईको शुभअंक ७ र शुभरंग सेतो वा सुन्तले हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– आज दिगो काम प्रारम्भ गर्न तथा भौतिक साधन जुटाउन सञ्चित धन खर्च गर्ने समय आएको छ । कुनै पनि काम गर्नु छ भने योजना गोप्य राख्नु राम्रो हुनेछ । काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन । आजका लागि शुभअंक २ र शुभरंग कालो हो ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिन्छ।
आज दिउँसोः- देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भु-भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मे'घगर्जन/च'ट्याङ्ग/अ'सिना र हा'वाहुरी सहित वर्षा को सम्भावना रहेको छ।
आज रातीः- देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मे'घगर्जन/च'ट्याङ्ग/अ'सिना र हा'वाहुरी सहित वर्षाको सम्भावना रहेको छ।