सिन्धुलीमा ल’कडाउन शुरु भएसँगै सरकारी गाढीको दु’रुपयोग बढेको जनगुनासो आइरहेको छ । सरकारी गाढीमा अनावश्यक रुपमा हिँडडुल गरिरहेको दृश्य सिन्धुलीको सदमुकाममै देख्न सकिन्छ । अझ, विपी राजमार्गमा सरकारी गाढीमा सवारी गर्नेको संख्या बढ्दो छ । संकटको समयमा सरकारी गाढीको दु’रुपयोग बढ्नुका मुख्य कारण ल’कडाउन हो । सरकारी गाढीलाई सु’रक्षा निकायले पनि खासै चे’कजाँच नगर्ने हुँदा इष्टमित्र, परिवार लगायत आफू नजिकका मान्छेहरु ओसारपसार गर्न सिन्धुलीमा त्यस्ता गाढीहरुको प्रयोग बढिरहेको छ । एक त, ल’कडाउनको समयमा सवारीसाधन गुड्दा जो’खिम बढ्छ, अर्का सरकारी गाढीको दु’रुपयोग पनि हुन्छ ।
तसर्थ, जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायले जिल्लामा सरकारीगाढीको नि’गरानि गर्न क’ञ्जुस्याँई गर्नुहुदैँन । त्यसैगरि, सु’रक्षा निकायले पनि सरकारीगाढीलाई समेत क’डाईका साथ चे’कजाँच गर्न जरुरी छ । सरकारीगाढीको प्रयोगका बारेमा सम्बन्धित निकायले सम्पूर्ण विवरण राख्न आवश्यक छ । आफू नजिकको व्यक्तिलाई राज्यको सम्पत्ति सुम्पिनु कानुन विपरीत हो । तसर्थ, सरकारीगाढीको दु’रुपयोगलाई मध्यनजर गर्दै नि’यमनकारी निकायले नि’गरानि बढाउन जरुरी छ । अतः ल’कडाउनको समयमा राज्यको सम्पत्ति दु’रुपयोग हुन दिनुहुदैँन ।