शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको जुनारमा औ'सा पार्ने झिँ'गाको नयाँ अध्ययन सुरु

शनिवार , बैशाख २७, २०७७

सिन्धुली जिल्लाको गोलन्जोर गाउपालिका ५ खनियाखर्क स्थित जुनार बगैचामा औंसा किरा नि'यन्त्रण गर्न नयाँ अध्ययनका लागि जुनारको फल लागेको हाँगालाई झुलले बेरिदै ।

खनियाँखर्क (सिन्धुली),२७ बैशाख – सिन्धुली जिल्लाको जुनार पकेट क्षेत्रमा जुनारको फलमा औं'सा पार्ने झिं'गा नि'यन्त्रणका लागि नयाँ अध्ययन सुरु गरिएको छ ।

पछिल्लो समयमा जुनारको फलमा औं'सा कि'राको प्र'कोप बढ्दै गएपछि जुनारको आकार कत्रो हुदा फलमा कुन समयमा फुल पार्छ भन्ने बिषयमा अध्ययन सुरु गरिएको जुनार सुपर जोनले जनाएको छ ।

जोनका अनुसार सो अध्ययनका लागि गोलन्जोर गाँउपालिका –५ खनियाँखर्कको बगैचाका फल लागेका हागाँहरुलाई झुलले ढाकेर बैशाख तेस्रो हप्तादेखि साउनको दोस्रो हप्तासम्म राख्न सुरु गरिएको छ । जुनार सुपरजोनका प्रमुख देवराज अधिकारीले जुनारको फल ढाकिएको झुल वा जालीलाई निश्चित समय १५/ १५ दिन खुल्ला राख्ने र फेरि बन्द गरी उ'पचार गर्ने तय गरिएको बताउनुभयो ।

यसको नतिजाले आगामी बर्ष झिं'गाले फुल पार्ने समयको थाहा भई किरा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सकिने ठम्याई उहाँको छ । सिन्धुलीको जुनार बगैँचामा प्रोटिन बेट नामक बि'षादी छर्किएर किरा ब्यवस्थापन समेत हुदै आएको उहाँले बताउनुभयो । यसपालि गत वर्षभन्दा कम तापक्रम भएकाले जुनार फलको आकार भर्खर केराउ दानादेखि गुच्चा आकारको मात्र भएको किसानले बताएका छन् ।

जुनार सुपर जोनका प्राविधिक जहानबहादुर कार्कीले व्या'क्टेशेरा मि'नाक्स नामक ढा'डे झिं'गाले जुनारको फल भित्र फुल पार्ने र गुलियोपन बढ्दै गएपछि औं'सा भएर लार्भा बनि जुनारलाइ खोक्रो बनाउने गरेको पाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जुनारको फल कु'हाउने औसा पार्ने कि'राको पोथी झिं'गालाइ फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजि गर्ने भएकाले प्रोटिन बेट जुनारमा स्प्रे गर्दा बोट मै किरा आएर म'र्ने भएकाले उक्त वि'षादी पनि प्रयोग हुदै आएको छ ।

सिन्धुली जिल्लामा गएको सिजनमा एक हजार ३४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको थियो । यो बर्ष पनि भर्खर चिचिला लागेको बेलामा असिना पानी र हावा हुरीले क्षे'ती पुर्‍याउदा जुनार उत्पादन भने झण्डै ४० प्रतिशत कमि आउने किसानले अनुमान लगाएका छन् ।

 

प्रतिक्रिया