काठमाडौं,२५ बैशाख – नेकपा स्थायी कमिटीका सदस्य हरिबोल गजुरेलले पार्टी एकतापछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी पक्षलाई द्व’'न्द्वकालिन मु’द्वा उठाएर फ’साउन खोजिरहेको आरोप लगाउनु भएको छ । उहाँले पार्टीका बैठक र छलफललाई इन्कार गर्दै पूर्वमाओवादी पक्षलाई द्व’'न्द्वकालिन मु’द्वामा फ’साउने खेल प्रधानमन्त्रीले खेलिरहेको दावीसमेत गर्नु भएको छ ।
एक अन्तरवार्तामा नेता गजुरेलले पार्टी एकिकरणको काम पुरा नहुँदै अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी अ’नुशासन समेत भ'ताभुंग बनाएको आ'रोप लगाउनु भएको छ । अरुले पार्टीका बैठक नियमित हुनुपर्छ र पार्टी तथा सरकारका क'मिकमजोरीका विषयमा छलफल गर्दा अ’नुशासनहिन काम गरेको भन्ने प्रधानमन्त्रीले आफैले आफ्नो पक्षका सांसदलाई बालुवाटारमै बोलाएर हस्ताक्षर गर्न लगाउनु अ’नुशासित काम नभएको गजुरेलको तर्क छ ।
उहाँले भन्नु भयो, “अहिले को ’रोनावि'रुद्ध जि'त हासिल गर्नका लागि नयाँ नयाँ एजेण्डा तय गरी स्थायी कमिटीमा छलफल गर्नुपर्नेमा उहाँ छल्दै हिड्नुभएको छ । पार्टीका कसैलाई पनि नसोधी अध्यादेश ल्याउनु पनि पार्टीको अ’नुशासन उ'ल्लंघन नै हो । अरुको अ'नुशासन खोज्नेले आफ्नालाई पनि हेर्नुपर्छ । अनुशासन त उहाँले राख्नु भएको छैन । द्ध’न्द्धकालिन मु’द्धाहरुमा फ'साउने कुरा समेत आएको हामीले सुनेका छौँ । यो समयमा आएर हामीलाई अ'प्ठयारोमा पार्ने खेल खेल्ने ? यस्तै भयो भने हामी प्रधानमन्त्रीको रा'जीनामा माग्छौँ ।”
नेता गजुरेलले स्थायी कमिटीको बैठक नराखी सचिवालयका नेताहरुले सु'ख न'पाउने भन्दै स्थायी कमिटीमा छलफल नभई संसद चल्न गा'ह्रो हुने बताउनुभयो । अहिले उठेको विषयहरुमा छलफल नगरी संसदमा जाने हो भने सरकार अरोमा पर्ने र संसदमा भद्रगोल हुने धारणा उहाँको छ । स्थायी कमिटीका एकतिहाई सदस्यले बैठक मागेको अवस्थामा बैठकबाट भाग्न प्रधानमन्त्रीले नमिल्ने भन्दै बैठक माग गर्नेले राजीनामा नमागेको गजुरेलको भनाई छ ।
पार्टीमा एकरुपता र विश्वासको वातावरण बनाउनका लागि पनि सहमति चाहिएको भन्दै उहाँले कोरोना विरुद्ध लड्न पार्टीमा सहमति नगरी अगाडी बढ्दा सरकार असफल हुने बताउनुभयो । गजुरेलले पार्टीमा आफ्नो आ’लोचना भयो भन्दैमा ओलीले भाग्न नमिल्ने भन्दै सचिवालय बैठकमा अध्यादेश किन र को ’रोना वि’रुद्धको काम कसरी प्रभावकारी बनाउने विषयमा मात्रै प्रमको जवाफ मागेको भनाई राख्नु भएको छ ।
उहाँले एक पद र एक व्यक्तिको कुरा अहिले नउठेको र यो पहिले देखिनै उठेकाले विधानमा समेत व्यवस्था रहेको बताउनुभयोँदै पार्टीले सरकारलाई सहयोग गर्नुपर्ने र पार्टीको निर्देशन अनुसार सरकारले काम गर्नुपर्ने दावी गर्नु भयो । जहिले जसरी सहमति हुन्छ त्यसैगरी जान प्रधानमन्त्री तयार भए स्थायी कमिटीमा समस्या नआउने भन्दै नेता गजुरेलले पार्टीको बैठकबाट नभागी आफ्ना कमि ककमजोरी स्वीकार्नुपर्ने बताउनुभयो ।