बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बजार अनुगमनलाई तिव्रता देऊ

बिहिवार , बैशाख २५, २०७७

सिन्धुलिमा लकडाउन शुरु भएसँगै का’लोबजारी फस्टाएको छ । दैनिक उपभोग हुने वस्तु देखि कृषिजन्य पदार्थमा का’लोबजारी भइरहेको पछिल्लो छट्नाले देखाउँछ । बजारमा हरेक सामाग्रीको मूल्य चुलिदैँ जादा पनि बजार अनुगमन हुन सकेको छैन । स्थानिय तह, जिल्ला समन्वय समिति, उपभोक्ता हित संरक्षण समिति लगायत जिम्मेवार निकायले बजार अनुगमनलाई प्राथमिकता नदिदा उपभोक्ता मारमा परेका छन् । संकटको बेला का’लोबजारी फस्टाउने निश्चित हो । तर, स्थानिय तहले का’लोबजारी नि’यन्त्रणका लागि खासै महत्वपुर्ण कदम चाल्न सकेको छैन । खाद्यान्न दखि अत्यावश्यक सामाग्रीमा देखिएको वृद्धिदरले उपभोक्ताहरुलाई पिरोलिरहेको छ ।

कृषकहरु ल’कडाउनका कारण अझै बढि प्रभावित भएका छन् । कृषिजन्य सामाग्री जस्तै मल, दाना लगायत अत्यावश्यक सामाग्रीको मूल्य च’र्किदा कृषक मा’रमा परेका हुन् । कृषकको सेवा सुविधाकालागि स्थापना भएका संघसंस्थाले पनि संकटको समयमा कृषकको साथ दिएका छैनन् । सहकारीले उल्टै चर्को मूल्यमा सामाग्री बिक्रि गरिरहेका छन् । कृषकहरुको समस्यालाई प्राथमिकतामा राखेर स्थानिय तहले कडा कदम चाल्न जरुरुी छ । त्यसैगरि, उपभोक्ताको हक अधिकारको संरक्षण गर्दै का’लोबजारी नियन्त्रण गर्न सम्बन्धित सबै निकाय चनाखो हुन आवश्यक छ ।

प्रतिक्रिया