शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेपालमा थप ७ जनामा को'रोना, सं'क्रमितको संख्या ८२ पुग्यो

मंगलवार , बैशाख २३, २०७७

 

काठमाडौं २३ बैशाख– नेपालगञ्जमा मंगलबार थप ७ जनामा को'रोना भा'इरसको सं'क्रमण देखिएको छ। सोमबार राती गरिएको परीक्षणका क्रममा थप ७ जनामा को'रोना पो'जेटिभ देखिएको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा को'रोना देखिएको हो।

नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा को'रोना भा'इरसको संक्रमण देखिएको थियो। यो सहित नेपालगञ्जमा सं'क्रमितको संख्या २३ पुगेको छ।

नेपालगञ्जमा मंगलबार ७ जना सं'क्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ। हालसम्म सं'क्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन्।

नेपालगञ्जमा सं'क्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ। वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय लागू हुनेछ।

हाल देखिएका सं'क्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण प्रभावकारी रुपमा गर्नका लागि नेपालगञ्जमा तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरिएको हो।

प्रतिक्रिया