शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा बाढीले पुलमा भत्कायो

सोमवार , बैशाख २२, २०७७

सिन्धुली,२२ बैशाख – एक साताभन्दा बढी समयदेखि लगातार परेको पानीले सिन्धुलीको दुधौलीको नगरपालिका ८ कुम्राहा खोलामा निर्माणाधिन पुलमा क्ष'ती पुर्‍याएको छ ।

लगातार परेको पानीका कारण गएराती खोलामा आएको बाढीले डाँडाटोल–वसाहा जोड्ने ढलानको तयारीमा रहेको पुलको फर्मा ढालेर क्षती गरेको स्थानीय बासिन्दाले जनाएका छन् ।

स्थानीय बासिन्दा रबिन्द्र भट्टराईका अनुसार नगरपालिकाकै आन्तरिक श्रोत एक करोड रुपैयाको लागतमा उक्त पुल निर्माणाधिन अवस्थामा रहेको छ । ल'कडाउनका बीच बैशाख मसान्तसम्म ढलान सक्ने तयारी रहेको र बाढीले क्षती हुँदा निर्माण अ'वरोध भएको उहाँले बताउनुभयो ।

कमला नदीमा निर्माणाधिन पुलको सामाग्री समेत बाढीले बगाएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया