शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको दुधौली प्रवेश नाकामा शसस्त्र प्रहरी समेत राखेर क'डाई

शनिवार , बैशाख २०, २०७७

सिन्धुली,२० बैशाख – कोरोना भा’इरसको ‘इपिसेन्टर’ बनेको उदयपुरसँगै जोडिएको सिन्धुलीको दुधौली सीमा क्षेत्रमा सु’रक्षा व्यवस्था क’डा पारिएको छ ।

दुधौली नगरपालिका प्रवेश गर्ने विभिन्न नाकामा पछिल्लो समयमा शसस्त्र प्रहरी समेत परिचालन गरि क’डाई गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले सबारी साधन बढी हिड्ने र मानिसको चहलपहल बढीहुने नाकामा दुई दिनअघि देखि शसस्त्र प्रहरी समेत राखेर कडाई गरिएको जानकारी दिनुभयो ।

उहाँले सबै नाकामा शसस्त्र परिचालन नगरी अन्य नाकामा नेपाल प्रहरी, नगर प्रहरी र दुधौली नगरपालिकाले खटाएको स्वयंसेवक परिचालन गरी कडाई गरेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयका अनुसार दुधौली नगरपालिकाले ककुरखोला, बसेरी, झुँगा, खोक्सा, बटाहा, धनसरी नाकामा नेपाल प्रहरीसहित नगर प्रहरी परिचालन गरेको छ । नगर प्रवेश नाकाहरुमा स्थानीय युवालाई समेत परिचालन गरिएको छ ।

अत्यावश्यक काम बाहेक अन्यलाई नगरप्रवेशमा निधेष गरिएको प्रहरी चौकी दुधौलीका प्रहरी नायब निरिक्षक प्रकास थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कटारी सिम्राही नाकामा शसस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी र स्वंयसेवकले पहरा दिएर बसेका छन् । खोक्सा नाकामा पनि यस्तै कडाई गरिएको छ ।

ल’कडाउनको अवधि वैशाख २५ गतेसम्म सरकारले पुर्‍याएपछि दुधौली नगर प्रवेश गर्ने नाकाहरुमा थप कडाई गरिएको छ । अहिले को ’रोना भा’इरसको इपिसेन्टर उदयपुरबाट मानिस तथा गाडीको आवतजावत बढी हुने नाकाको लागि ७ जनाको शसस्त्र प्रहरीको टोली सिमानामा पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसैगरी नाका प्रवेश गर्नेहरुलाई अत्यावश्यक काम बाहेक निषेध गरिएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताउनुभयो । नाकामा चेकजाँचका क्रममा विभिन्न बहाना बनाएर नगर प्रवेश गर्न खोजेपनि प्रवेश गर्न नदिईने नगरप्रमुख राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया