शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

वासिङ्टनस्थित क्युबाली राजदूतावासमा गो'ली प्र'हार

शुक्रवार , बैशाख १९, २०७७

वासिङ्टन, १९ वैशाख – संयुक्तराज्य अमेरिकाको वासिङ्टनस्थित क्युबाली राजदूतावासमा बिहीबार राति एक व्यक्तिले गो'ली प्र'हार गरेका छन् । अमेरिकी अधिकारीहरुले उक्त गो'ली प्र'हारबाट दूतावासमा सामान्य क्ष'ति भएको तर कुनै पनि व्यक्तिलाई चो'टपटक नलागेको बताएका छन् ।

प्रहरीले गो'ली प्र'हार गरेको आशंकामा टेक्सास राज्यको अब्रेका ४२ वर्षीय अलेक्जान्डर अलाजोलाई प'क्राउ गरेको छ ।

वासिङ्टन महानगरीय प्रहरीका प्रवक्ता ह्युज क्यारिउले एक वक्तव्य जारी गर्दै प्रहरीले तत्कालै उक्त शं'कास्पद व्यक्तिलाई गि'रफ्तार गर्नुका साथै उनको साथबाट एक थान ब'न्दुक समेत ब'रामद गरिएको बताउनुभयो ।

उक्त गो'ली प्र'हारको मनशाय भने अझै खुल्न बाँकी रहेको छ ।

स्थानीय संचार माध्यमहरुले ती व्यक्तिले दूतावासभित्र करिब ३० राउन्ड गो'ली प्र'हार गरेका थिए । वासिङ्टनस्थित अडाम्स मोर्गनमा रहेको दूतावासको आसपास बार र रेष्टुराँहरु ठूलो संख्यामा रहेका र त्यहाँ मानिसको भि'डभाड हुने गर्दछ । तर आजभोलि लकडाउनका कारण यो क्षेत्र सामान्यतया शान्त रहने गरेको छ ।

राजदूतावासले सार्वजनिक गरेका तस्वीरहरुमा गो'लीले भवनका बाहिरी भित्ता, झ्यालमा प्वाल परेको देखिएको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले क्युवाको हवानास्थित अमेरिकी कार्यवाहक राजदूत मारा टेकाजलाई विदेश मन्त्रालयमा आमन्त्रण गरेर क्युबाका तर्फबाट गोलीकाण्डको क'डा शब्दमा भ'त्र्सना गर्नु भएको छ ।

कार्यबाहक राजदूत टेकाजले सार्वजनिक गर्नु भएको विज्ञप्तिमा वासिङ्टनस्थित क्युबाली दूतावासमा भएको घटनाप्रति क'डा शब्दमा नि'न्दा गर्नु भएको छ ।

सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले क्युबाली राजदूतावासमा कार्यरत अमेरिकी कर्मचारीहरुमा सामूहिक गम्भीर स्वास्थ्य समस्या देखिएपछि अमेरिकामा रहेका १५ जना क्युबाली कुटनीतिज्ञहरुलाई देश निकाला गरेको थियो ।

ओबामा प्रशासनले क्युबाप्रति अमेरिकी नीतिमा परिवर्तन गर्न थाले पनि ट्रम्प प्रशासनले क्युबामाथि व्यापार र यात्रामा कडा प्र'तिबन्धहरु पुनः लगाएको छ ।

प्रतिक्रिया