नेपालमा ल'कडाउन भएको आज ३८ औँ दिन पुगेको छ । ल'कडाउनका कारण हरेक क्षेत्र प्र'भावित भएको छ । देशको अर्थतन्त्र देखि शैक्षिक क्षेत्रमा ल'कडाउनले व्यापक अ'’सर पु र्याइरहेको छ । यसैबिच, शैक्षिक क्षेत्रमा देखिएको प्रभावकाबारेमा विभिन्न कोणबाट बहस भइरहेको छ । केहि विद्यालय अनलाईनबाटै पढाई संचालन गरिरहेका छन् । दुर्गम क्षेत्रमा रहेका विद्यार्थीलाई अनलाईनबाट पढाई संचालन गर्न क’ठिनाई हुने भन्दै अनलाईन शिक्षाको वि’रोध पनि भएको छ । केहि स्थानिय तहले अनलाईनबाटै पढाई शुरु गर्न शैक्षिक संस्थालाई आग्रह गरेको छ । तर, स्थानिय तहले पुर्वाधार र श्रोत–साधन जुटाउन बे’वास्था गरिरहेको छ । त्यसैगरि, राज्यले पनि शिक्षा क्षेत्रमा देखिएको प्रभावलाई ग’म्भिरताका साथ लिएको छैन । शैक्षिक संस्था ठ'प्प भएको पाँच हप्ता बढि बितिसकेको अवस्थामा राज्यको जि'म्मवार संयन्त्रले भने कुनै वैकल्पिक उपाय खोज्न सकेको छैन । ल'कडाउनले पक्कै पनि शिक्षा क्षेत्रमा व्यापक प्र'भाव पार्छ नै । तर, राज्यले श्रोत–साधनको उपयोग गर्न नसक्दा यो क्षेत्र झनै प्रभावित बनेको छ । वर्तमान अवस्थामा राज्यले यस क्षेत्रसँग आबद्ध रहेको संघसंस्थासँग छलफल गर्न जरुरी छ । त्यसैगरि, इन्टरनेट प्रदायक कम्पनिहरुको सहकार्यमा वैकल्पिक उपायको खोजी गर्न आवश्यक छ । राज्यले दुरसंचार कम्पनिहरु सँग पनि समन्वय गरेर कसरी विद्यार्थीलाई शिक्षा दिन सकिन्छ भन्नेतर्फ केन्द्रित हुन जरुरी छ ।
अतः ल'कडाउनले विद्यार्थीको भ'विष्यमाथि न’कारात्मक असर हुन नदिन जिम्मेवार निकायले ग'म्भिरताका साथ छलफल गरि वैकल्पिक उपाय खोज्न ढिलाई गर्नुहुदैँन ।