कोरोना भा’इरस (को’भिड–१९) रो'कथाम र नि’यन्त्रणकालागि अन्तर्राष्ट्रिय संघ संस्थाबाट नेपालकालागि सहयोग मिलिरहेको छ । दातृसंघ संस्थाबाट प्राप्त अर्बौँ रकम नेपालमा को'रोना रो'कथामकालागि महत्वपुर्ण छ । तर, नजिर हेर्दा नेपालमा सहयोगका रुपमा प्राप्त रकम दु’रुपयोग भएका छन् । म’हामारी को'रोना भा’इरसले अहिलेसम्म नेपालमा कसैको ज्या’न लिएको छैन । विश्वमा भने हजारौँको मृ’त्यु भइसकेको छ । छिमेकि राष्ट्र भारतमा समेत को'रोनाका कारण दर्जनौँको ज्या’न गइसकेको छ । यस्तो अवस्थामा नेपालले सा'वधानी नअ'पनाए ठूलो दु’र्घटनाहुने निश्चित छ । त्यसैले, म’हामारी नि’यन्त्रणकालागि आएको सहयोगको सदुपयोग गर्न सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ । हालसम्म नेपालमा ५७ जनामा को'रोना सं’क्रमण देखिएको छ । आरडिटिबाट परिक्षण भएका कारणले पनि कोरोना सं’क्रमणको वास्तविक तथ्यांक यसलाई मान्न सकिन्न । त्यसैले, कोरोना सं’क्रमण देखिएको ठाउँहरुमा उच्च स'तर्कता अपनाएर आवश्यक परिक्षण गर्न जिम्मेवार निकायको बेलैमा ध्यान जान आवश्यक छ । विश्वले नै आरडिटि परिक्षण प्रभावकारी नभएको भनिरहदा नेपालमा आरडिटिलाई मुख्य प्राथमिकता दिइएको छ ।
तसर्थ, परिक्षणको सवालमा पनि नेपालले अझै प्रभावकारी क'दम चाल्न जरुरी छ । अतः दातृ निकायबाट प्राप्त सहयोगको स'दुपयोग गर्दै कोरोना रो'कथाम र नि'यन्त्रणकालागि राज्यले अझै स'तर्कता अपनाउन आवश्यक छ ।