शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको गोलन्जोरमा फागुनमा बाड्नु पर्ने भत्ता अहिले बाड्न शुरु

बुधवार , बैशाख १७, २०७७

 

सिन्धुली,१७ बैशाख – गोलन्जोर गाउँपालिकाले फागुन महिनामै बाँड्नु पर्ने दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ ।

गाउँपालिकले कर्मचरीको अभावको कारण देखाए रोक्का गरेको सामाजिक सुरक्षाभक्ता सोमबार देखि बाँड्न सुरु गरेको हो । कोरोना सं’क्रमणको सम्भावित जो’खिमलाई ख्याल गर्दै गाउँपालिकाले घरघरमा नै पुगेर सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएको गोलन्जोर गाउँपालिका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष दोलत कार्कीले बताउनुभयो ।

प्रवक्ता कार्कीले वडा नं. २ मा ३५ जना दलित समुदाय, ६ जना पुर्ण अपाङ्गता भएको ब्यक्ति, ३७ जना एकल महिला, ११ जना अशिंक अपाङ्गता भएको ब्यक्ति, ६२ जना दलित बालबालिका र अन्य ७२ जना गरी २ सय २३ जनालाई समाजिक सुरक्षाभत्ता बितरण गरिसकेको र अन्य वडाले पनि तत्कालै बाँड्न सुरु गर्ने बताउनुभयो ।

गोलन्जोर गाउँपालिकामा प्रशासकीय अधिकृत नहुदा सामाजिक सुरक्षा भत्ता वितरण लगायत अन्य विकास निर्माणको काम ठप्प भए पनि अहिले त्यो समस्या नरहेको उहाँले बताउनुभयो । गोलन्जोर गाउँपालिकाले समयमा नै सामाजिक सु’रक्षाभत्ता बितरण गर्न नसक्दा बिरोध र आलोचना खेप्नु परेको थियो ।

प्रतिक्रिया