बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

का’लोबजारी रोक्न कडा कदम चाल

बुधवार , बैशाख १७, २०७७

लकडाउनको समयमा पनि कालोबजारी गरेको भन्दै देशका विभिन्न जिल्लाहरुमा व्यापारीहरुलाई का’रबाही गरिएको छ । का’रबाहीमा पर्नेमा अर्बपति देखि खुद्रा व्यापारीहरु सम्म छन् । तर, अनुगमनमा देखिएको कञ्जुस्याँईका कारण लकडाउनमा का’लोबजारी नि’यन्त्रणकालागि सरकारको कदम पर्याप्त नभएको उपभोक्ताहरुले गुनासो गरिरहेका छन् । पछिल्लो समय का’लोबजारी फस्टाइरहेको छ । उपभोक्ताहरुसँग चर्को मूल्य लिएर सामान विक्रि गर्ने क्रम बढिरहेको छ । बजार अनुगमनकालागि स्थानिय तह देखि केन्द्र सम्म सरकारले विभिन्न संयन्त्रलाई अधिकार दिएको छ । तसर्थ, लकडाउनको समयमा प्रभावकारी ढंगबाट बजार अनुगमन हुन आवश्यक छ । त्यसैगरि, का’लोबजारीमा संलग्न रहेका जोकोहिलाई कानुनी दा’यरामा ल्याएर का’र्वाही गर्न सम्बन्धित निकायले ढिलो गर्नुहुदैँन ।

सिन्धुलीमा बजार अनुगमन नभएको होइन । तर, का’लोबजारी भने व्याप्त छ । उपभोक्ताहरु बजार मूल्य भन्दा चर्को मूल्य तिरेर सामान खरिद गर्नुपरिरहेको गुनासो गरिरहेका छन् । कृषिजन्य सामाग्रीमा समेत व्यापारीहरुले धेरै फाइदा राखेको कृषकहरुले बताएका छन् । लकडाउनले देशनै ठप्प भएको अवस्थामा केहि व्यापारीहरु लाभलिन तल्लीन छन् । तसर्थ, त्यस्ता व्यापारीहरुको पहिचान गरि कानुननि कार्वाही अघि बढाउन जरुरी छ । अतः संकटको समयमा उपभोक्तालाई मारमा पारेर लाभ लिन खोज्ने व्यापारीलाई का’नुन बमोजिम कडा का’र्वाही गर्न आवश्यक छ ।

प्रतिक्रिया