सिन्धुलीको कमलामाई नगरपालिका– ८, करकरेमा बस र मोटरसाईकल ठो क्किदा एकजनाको घट्नास्थलमै मृ त्यु भएको स्थानियले बताएका छ । करकरेको रानीमौरी होटल नजिक बा ७८ प ७१८८ नम्बरको २२० पल्सर बाइक र बा. ५ ख ५७७७ नम्बरको बस एकआपसमा ठो क्किदा एकजनाको मृत्यु भएको हो । उक्त बस विरगंजबाट मान्छे पु¥याएर फर्किएको करकरेका स्थानियले बताएका छन् । विस्तृत विवरण आउन बाँकी ।

रा हत वितरणका लागि मरिण गाउपालिकाबाट प्रारम्भिक तथ्यांक संकलन
सिन्धुलीको मरिण गाउपालिकाले लकडाउनका कारण मा रमा परेका पि डित परिवारलाई राहत वितरण गर्न लगत संकलनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । असं गठित क्षेत्रका मजदुर, अ सहाय परिवारलाई राहत वितरण गर्न गाउपालिकाले सात वटै वडामा रा हत पाउने परिवारहरुको लगत संकलन गरेको हो । कोरोना भा ईरस (कोभिड–१९) को संक्रमण फै लिन नदिन सरकारले लागु गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउने असंगठित क्षेत्रका मजदुर, अ सहाय परिवारहरुलाई बिहान बेलुकाको छाक टार्नै समस्या हुन थालेपछि गाउपालिकाले राहत वितरण गर्न त्यस्ता परिवारहरुको लगत संकलन गरेको मरिण गाउपालिकाले जनाएको छ । संकलित लगत अनुसार गाउपालिकाको सात वटै वडाहरुले कुल ५ सय ९ घर परिवारलाई राहत उपलब्ध गराउन आवश्यक रहेको तथ्यांक संकलन गरेको मरिण गाउपालिकाका स्वास्थ्य शाखा संयोजक मधु लाखेले जानकारी दिनुभयो । वडा नं.१ मा ७१ घरधुरी, वडा नं.२ मा ५९ घरधुरी, वडा नं. ३ मा ६८ घरधुरी वडा नं. ४ मा ५६ घरधुरी, वडा नं. ५ मा ८७ घरधुरी, वडा नं. ६ मा ८३ घरधुरी र वडा नं.७ मा ८५ घरधुरीलाई राहत वितरण गर्नुपर्ने संकलित तथ्यांकले देखाएको उहाँले बताउनुभयो । संकलित तथ्यांक स्वीकृत मापदण्ड अनुसार भए, नभए, कुनै परिवार छुट भएको वा राहत पाउन अयोग्य परिवारको नाम परेको भए एक हप्ता सम्म सम्बन्धित वडा कार्यालयमा उजुरी दिन सक्ने उहाँले बताउनुभयो । राहत पाउनुपर्ने बास्तविक पिडित परिवार छुटेको भए अझै पनि सम्बन्धित वडा कार्यालयमा नाम दर्ता गर्न सकिने उहाँको भनाई छ । अहिले संकलिन तथ्यांकमा कुनै उ जुरी नपरे यही तथ्यांक बमोजित राहत वितरण हुने उहाँले बताउनुभयो ।
दुध विक्रीमा सहजै छ
कोरोनाको संक्र मणबाट बच्न घोषणा गरिएको लकडाउनका कारण सिन्धुलीमा दुध तथा दुग्धजन्य पदार्थ ढुवानीमा खासै सम स्या नरहेको किसानले बताएका छन् । लकडाउनको सुरुवाती समयमा केही सम स्या देखिए पनि अहिले ती सम स्याहरु विस्तरै हल हुदै गएको महाभारत दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष नवराज गजुरेलले बताउनुभयो । लकडाउनका कारण दुध तथा दुग्धजन्य पदार्थको ओसार पसार र बिक्रीमा केही स मस्या भएपनि विक्री वितरण भने नरोकिएको उहाँले बताउनुभयो । लकडाउनको सुरुवातमा किसानबाट उत्पादित दुध ओसारपसार, डेरी पसल खोल्न र कर्मचारीलाई आवतजावतमा सम स्या भएको उहाँले बताउनुभयो । अहिले दैनिक गाडीहरुले किसानले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थ ल्याईरहेको बताउनुभयो ।